बालसुधार गृहलाई सहयोग

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
bad photo_Fotor

पोखरा, पुस ६ गते। पोखरा महागनरपालिकाले बालसुधार गृहलाई बेड सहयोग गरेको छ। पोखरा महानगरपालिका वडा नम्वर १८ मा रहेको बालसुधार गुहलाई बेड हस्तान्तरण गरेको हो।

सुधार गहृका बालकहरु बेडको अभावमा भुईमा सुत्ने गरेको गुनासो आएपछि छ महानगरले २५ हजार मूल्य बराबरको फलामको डबल बेड दुई ओटा, ओछ्याउने ४ ओटा डसना र ४ ओटा सिरानी सहयोग गरेको हो।

महानगरको सामाजिक विकास महाशाखले आयोजना गर्ने कार्यक्रमको रकम मार्फत बालगृहलाई बेड सहयोग गरिएको हो।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले आइतबार बालगृहका इन्चार्ज रमा शर्मालाई बेड हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै प्रमुख जिसीले महानगरले फर्जुल खर्च भन्दा देखिने काम गरौ भन्ने मान्यताले बालगृहलाई बेड सहयोग गरेको बताए।

उनले यो बेड दिदाँ पनि केही बालकहरु भुईँमा सुत्नुपर्ने अवस्था कायमै रहेकोले थप तीन वटा डबल बेड १५ दिनभित्र गृहलाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे। प्रमुख जिसीले सुधार गहृमा रहेका बालकहरुलाई हिजोको कुरालाई विर्सिएर अव राम्रो व्यक्ति हुन्छु भन्ने भावना लिएर अगाडि बढन आग्रह गरे।

हिजो के भयो अब त्यो नसोचौ उनले भने, ‘आत्मबल लिएर जाने हो आत्मग्लानी हैन। ’ उनले बालगृहमा रहेकालाई सीप सिकाउने बताए। यहाँ रहेका बालकहरुको चाहना अनुसार सीप सिकाउन महानगर तयार छ उनले भने, ‘समाजमा उदारणीय व्यक्ति बनेर जीवनलाई राम्रो बनाउनुपर्छ। ’

पोखरा महानगर सामाजिक विकास महाशाखा अधिकृत गीता न्यौपानेले बालकहरुको गुनासो सुनेर महानगरमा आग्रह गरेपछि सहयोग गरेको बताउदै यहाँका अन्य समस्याका लागि सधै हातेमालो गरेर अगाडि बढने बताइन्।

कार्यक्रम बालगृहका इन्चार्ज राम शर्माको अध्यक्षतामा भएको थियो भने सञ्चालन अजय थापाले गरेका थिए। सुधार गृहमा १८ जिल्लाका ७९ जना बालकहरु रहेका छन्।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width