ल्होसारमा विदा माग्दै प्रदर्शन

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
lhosar_Fotor

पोखरा, पुस १५ गते ल्होसारको दिन सार्वजनिक विदाको माग गर्दै पोखरामा गुरुङ समुदायले सरकार विरुद्ध प्रदर्शन गरेका छन्।

पोखराको चिप्लेढुंगामा जम्मा भएर उनीहरुले मानव साङ्लो प्रदर्शन गरेका हुन्। तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय समितिले सातै प्रदेशमा ल्होसारमा सार्वजनिक विदाको माग गर्न दवाव स्वरुप मानव साङ्लो प्रदर्शन गरेको हो।

मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म उनीहरुले ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने, धर्मनिरपेक्षता व्यवहारमा कार्यन्वयन गर्नुपर्ने, सबै जातिको भाषा धर्म सँस्कृतिको सम्मान गरिनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरे। कास्की सहित, तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खा, पर्वत, नवलपुर, म्याग्दी, बाग्लुङ जिल्लाबाट गुरुङहरु पोखरामा भेला भएका थिए।

प्रदर्शनमा उनीहले ल्होसारमा विदा नदिए संघर्ष गर्ने चेतावनी दिए।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका उपमहासचिव मनोज गुरुङले तमु ल्होसारमा दिईएको विदा कटौती गरेर गुरुङहरुको संस्कृतिमा सरकारले दमन गरेको आरोप लगाए। ‘हामीले गण्डकी प्रदेशमा मात्रै विदा खोजेका होईनौं।

देशैभरी सार्वजनिक विदा चाहिन्छ, ’ उनले भने, ‘होईन भने कडा आन्दोलन हुन्छ। हामी सरकार विरुद्ध संघर्ष गछौर्ं। ’

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले मुलुक संघीयतामा गएपनि केन्दी्रयता हावी रहेको र एक राज्य सत्ता कायमै रहेको बताए। उनले आफ्नो समुदायको अधिकारहरु खोसिएको गुनासो गरे। अघिल्लो वर्ष ल्होसारको दिन गण्डकी प्रदेशमा मात्रै विदा दिईएको थियो। तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकीका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कोणसभाको संचालन सचिव जीवन गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै