राहत शिक्षकको अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
rahat sichak_Fotor

नेपाल राहत शिक्षक समिति, नवलपुरको आयोजनामा राहत शिक्षकको स्थायी व्यवस्थापन तथा पेशागत सुनिश्चितका लागि सरोकारवालासँग अन्तक्र्रिया भएको छ।

कार्यक्रममा शिक्षक नेताले राहत शिक्षकको माग जायज रहेको र माग पूरा गराउन जस्तोसुकै अवस्थामा पनि सहयोग रहने प्रतिबद्वता व्यक्त गरे।

राहत शिक्षकले सरकारले आफ्नो मागप्रति ध्यान नदिएको कारण आफूहरु अब वारपारको आन्दोलनको तयारी गरेको राहत शिक्षक नवलपुरका सचिव विक्रम सिग्देलले बताए।

नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष बिक्रम झाले राहत शिक्षकले समग्र शिक्षाको गुणस्तर बढाउन पुर्याएको योगदान सरकारले उच्च मूल्यांकन गर्नुपर्नेमा जोड दिए।

सरकारले प्रक्रिया पुर्याएर राहत शिक्षकका माग तत्काल पूरा गर्नुपर्ने उनको भनाइ छ। महासंघ केन्द्रीय सदस्य नारायण अर्यालले सरकारले नियमावली परिवर्तन गरेर भए पनि राहत शिक्षकका माग पूरा गर्नुपर्ने औल्याए। कार्यक्रम राहत शिक्षक समिति नवलपुर अध्यक्ष पुरुषोतम पोख्रेलको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width