निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको टप्स बोर्डिङ स्कुल १६ औं प्याब्सन स्पोर्टस् मिटको च्याम्पियन बनेको छ। हरेक दुई वर्षमा हुने स्पोर्टस् मिटमा टप्स बोर्डिङ स्कुल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।
यस संस्करणमा पनि च्याम्पियन बनेसँगै टप्सले प्याब्सन उपाधि रक्षा समेत गरेको छ। टप्सले दोस्रो पटक उपाधी जित दर्ता गर्दा एथ्लेटिक्स्, छात्रा भलिबल र टेबुल टेनिसमा उत्कृष्ट अंक हासिल गर्दै च्याम्पियन बनेको हो।
गत मंसिरको २६ गतेबाट संचालित प्याब्सन स्पोर्टस् मिटमा एथ्लेटिक्स छात्रतर्फ ओभरअलमा भाष्करले प्रथम स्थान हसिल गरेको छ। स्नो–भ्यू दोस्रो र विद्या निकेतन तथा पोखरा एकेडेमीले समान अंक प्राप्त गर्दै तेस्रो भएका छन्।
स्पोर्टस् मिट अन्तर्गत एथ्लेटिक्सको छात्रातर्फ ओभरअलमा टप्स बोर्डिङ प्रथम, बालकल्याण दोस्रो र स्नो–भ्यूले तेस्रो स्थान हासिल गरेको छ। टेबुल टेनिसको छात्रतर्फ स्टेप वाई स्टेप प्रथम, डायमण्ड दोस्रो र नेशनल इन्भेन्टिभले तेस्रो स्थान हासिल गरेको छ। टेबुल टेनिसमा छात्रतर्फ सृजनाका प्रवेश बानिया र छात्रातर्फ सगरमाथाकी स्मृति गुरुङ उत्कृष्ट खेलाडी बनेका छन्।
स्पोर्टस् मिटको शनिबार पोखरा रंगशालामा सम्पन्न छात्रतर्फको फुटबल फाइनल खेलमा नोबेल एकेडेमी बिजयी बनेको छ। स्नो–भ्यू सँगको फाइनल खेलमा निर्धारित समयमा दुबै टिमले २–२ गोलको बराबरीमा खेलेपछि भएको टाइब्रेकरमा नोबल एकेडेमी ३–१ गोलले बिजयी बन्यो।
यसअघि, निर्धारित समयमा नोबेलका लागि रबिन गुरुङ एक्लैले दुई गोल गरे। यता, स्नो–भ्यूका लागि निर्मलबहादुर सिंह र रोशन सुचीकारले समान १/१ गोल गरेका थिए। फुटबलतर्फ स्नोभ्यूका रोशन सुचीकार उत्कृष्ट खेलाडी घोषित भए।
शनिबार सम्पन्न ४ सय मिटर ट्रिपल जम्पको छात्रतर्फ रिभर डेलका प्रतिक थापा प्रथम, प्रगतिका मनिष पुन दोस्रो र शिशुकल्याणका सन्दीपबहादुर थापा तेस्रो भए।
स्पोर्टस् मिट अन्तर्गतकै ४ सय मिटर छात्रतर्फ स्नो–भ्यूका विश्वास तिमिल्सिना प्रथम, पोखरा एकेडेमीका जिवन पुन दोस्रो र भाष्करका समिर भट्टराई तेस्रो भए। यसैगरि, छात्रातर्फ टप्सकी सविना खातुन मिया प्रथम, स्नो–भ्यूकी पार्वती श्रेष्ठ दोस्रो र भाष्करकी लक्ष्मी कुमाल तेस्रो भए।
स्पोर्टस् मिटको १०० ह ४०० मिटर छात्रा रिलेमा टप्स प्रथम, बेसलाइन दोस्रो र पोखरा एकेडेमीले तेस्रो स्थान हासिल गर्यो। यसैगरि, छात्रतर्फको उक्त स्पर्धामा पोखरा एकेडमी प्रथम, भाष्कर मेमोरियल दोस्रो र प्रगतिले तेस्रो स्थान हासिल गरेको छ।
एथलेटिक्सतर्फ टप्स बोर्डिङकी सुबिना खातुन मिया प्रथम, छात्रतर्फ विद्या निकेतनका सन्देश ढकाल उत्कृष्ट खेलाडी घोषित भए। स्पोर्टस् मिट समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, प्याब्सन कास्कीका पदाधिकारी लगायतले विजेता खेलाडी तथा विद्यालयहरुलाई कप, मेडल, ट्रफी वितरण गरे।
शिक्षासँगै खेलकुद : मेयर जिसी
स्पोर्टस् मिटको समापन समारोहलाई सम्वोधन गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले शिक्षासँगै खेलकुदलाई अगाडि बढाउनुपर्ने औंल्याए। शिक्षासँगै खेलकुद पनि अनिवार्य शर्त भइसकेको जिसीको भनाई थियो।
उनले भने, ‘१३ औं सागपछि पोखरामा निर्माण भएका अन्तराष्ट्रियस्तरका खेल पूर्वाद्धारको निर्माणले भविष्यमा खेलाडी उत्पादनमा सहज हुनेछ। ’
प्यावसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम प्रतियोगिता संयोजक मथुराप्रसाद पौडेल, सचिब विष्णुप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए। प्याब्सन स्पोर्टस् मिटमा ९६ विद्यालयका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकुदका इभेन्टहरुमा प्रतिस्पर्धा गरेका थिए। जसमध्ये सिनियर छात्र फुटबलमा ६९, जुनियर फूटबलमा ५२, भलिबलमा छात्रतर्फ २४, छात्रातर्फ १७, टेबुल टेनिसमा ३९ विदालयको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१