काठमाण्डौं म्याराथनमा महिलातर्फ विभागीय सशस्त्र प्रहरी बल एपीएफकी कान्छीमाया कोजुले ह्याट्रिक गर्न सफल भएकी छिन्।
शनिबार बिहान काठमाडौंमा भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा निर्धारित दूरी २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा छिचोल्दै कान्छीले उपाधिमाथि ह्याट्रिकको सफलता हात पारेकी छिन्।
यसअघि, कान्छीले लगातार दुई संस्करणको उपाधि जितेकी थिइन्। काठमाडौं म्याराथनमा भने समग्रमा उनको यो पाँचौ उपाधि हो। दोस्रो स्थानमा रहेकी आर्मीकी सरिता वासीले ३ घण्टा १९ मिनेट ७ सेकेन्डमा दूरी पार गरेकी थिइन्।
निर्जला ताम्राकारले ३ घण्टा ४५ मिनेट ४७ सेकेन्डमा दूरी छिचोल्दै तेस्रो स्थानमा रहन सफल भइन्। कान्छीले ५० हजार, सरिताले २० हजार र निर्जलाले १५ हजार नगद पुरस्कार हात पारे।
यस्तै, पुरुषतर्फको काठमाडौं म्याराथनमा नयाँ च्याम्पियन उदाएको छ। पुरुषतर्फ नेपाली सेनाका धावकहरुले वर्चश्व जमाएका छन्। त्रिभुवन आर्मीबाट नयाँ च्याम्पियनका रुपमा २३ बर्षीय धावक नरेन्द्रसिंह रावल उदाएका हुन्।
नेपाली सेनाको त्रिभुवन क्लबका धावक रावतले ४२ किलोमिटर दौडको दूरीलाई २ घण्टा ३३ मिनेट २३ सेकेण्डमा पूरा गरे।
त्रिभुवन क्लबकै बेदबहादुर सुनुवारले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निधारित दूरी पूरा गर्दै दोस्रो भए। तेस्रो स्थानमा रहेका ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३४ मिनेट ४५ सेकेण्डमा दूरी छिचोले।
पुरुष म्याराथनतर्फको विजेता नरेन्द्रले ५० हजार रुपैयाँ हात पारे। दोस्रो भएका बेदबहादुर सुनारले २० हजार र तेस्रो भएको ज्ञानप्रसाद भट्टराइले १५ हजार नगद पुरस्कार पाए।
पुरुषतर्फको हाफ म्याराथनमा स्पर्धामा त्रिभूवन क्लबका राजन रोक्का र महिलातर्फको स्पर्धामा पूर्णलक्ष्मी न्यौपाने स्वर्ण पदक हात पार्न सफल भए। राजनले निर्धारित दूरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पूरा गर्दा त्रिभूवन क्लबकै हरि रिमालले १ घण्टा ११ मिनेट १३ सेकेण्डमा पूरा गरी दोस्रो भए। त्रिभूवन क्लबकै रामजी बस्नेत १ घण्टा १२ मिनेट २१ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहे।
यसैगरी, महिलातर्फ पूर्णलक्ष्मीले १ घण्टा २८ मिनेट ०३ सेकेण्डमा निधारित दूरी छिचोलेर उपाधि जितिन्। सानुमाया कार्कीले १ घण्टा ३० मिनेट १ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थानमा रहिन्। नेपाल पुलिसकी रेखा विष्ट १ घण्टा ३१ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै तेस्रो बनिन्।
प्रतियोगिताको ५ किलोमिटरतर्फ पुरुषतर्फ अजितकुमार यादवले निधारित दूरी १७ मिनेट १९ दशमलव ९१ सेकेण्डमा पार गर्दै प्रथम भए। गजेन्द्र राईले १७ मिनेट ३० दशमलव ६३ सेकेण्डमा दूरी छिचोल्दै दोस्रो बने। शिवबहादुर रायमाझीले १७ मिनेट ५३ दशमलव २२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो बने।
महिलातर्फको ५ किलोमिटर दौडमा नेपाली सेनाको त्रिभूवन क्लबकी सरस्वती भट्टराई प्रथम बनिन्। सरस्वतीले निर्धारित दूरी २२ मिनेट ३ दशमलव ४१ सेकेण्डमा पार गरेकी थिइन्। नेपाल पुलिसकी विर्सना कुमालले २३ मिनेट ९ दशमलव ३१ दोस्रो बनिन्। काजल बिष्टले निर्धारित दूरी २३ मिनेट ३१ सेकेन्ड दूरी पूरा गर्दै तेस्रो बनिन्।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१