निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको १६ औं संस्करणको प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल र एथ्लेटिक्सका खेलहरु जारी छन् ।
बुधबार सम्पन्न छात्र सिनियर फुटबलतर्फ सम्पन्न खेलमा स्नो–भ्यूले नवदीपलाई २–० ले, शान्तिनिकुञ्जले रेन्बो एकेडेमीलाई ३–१ गोलले, हार्वर्डले जेसीएलाई ३–० र मेरिगोल्डले ग्लोबल कलेजियटलाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरि, छात्रको जुनियर फुटबलतर्फ नवदीप, प्रगति, नेपाल आदर्श र शान्तिदीप क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
विहिबारबाट छात्र फुटबल सिनियर तथा जुनियरतर्फ क्वाटरफाइनलका खेलहरु हुनेछन् ।
स्पोर्ट्स मिट अन्तर्गत पोखरा रंगशालामा शुरु एथ्लेटिक्सतर्फका केही खेलहरु बुधबार सम्पन्न भएका छन । स्पोर्टस् मिटको १ सय मिटर छात्रातर्फको खेलमा बालकल्याणकी सृष्टि तामाङ १५.२५ सेकेण्डमा दूरी पार गर्दै प्रथम भइन् ।
यसैगरि, १५.६० सेकेण्डमा दूरी पार गर्दै टप्सकी ईयामी गुरुङ द्वितिय र १५.६५ सेकेण्डमा पार गर्दै जेसीएकी समीक्षा भट्टराई तृतीय बनिन् ।
यसैगरि, छात्रतर्फको १ सय मिटर दौडमा १२.५४ सेकेण्डमा दूरी पार गर्दै मेरीगोल्डका बिजु गुरुङ प्रथम भए ।
भाष्कर मेमोरिएलका निदोर्ष सुबेदी १२.६० सेकेण्ड र टप्सका आशिष राना १२.६२ सेकेण्डमा दूरी पार गर्दै क्रमशः दोश्रो र तेश्रो भए ।
स्पोर्टस् मिट अन्तर्गत हाइजम्प छात्रतर्फ हार्वर्ड एकेडेमीका सुमित गुरुङ प्रथम, बेथानीका मेहमद हुसेन द्वितिय र ग्लोबल कलेजियटका सूरज गुरुङ तेश्रो भए । यस्तै, छात्रातर्फको हाइजम्पमा टप्सकी सबिना खातुन मिया प्रथम, गोल्डेन नेचरकी आरती खाँड ठकुरी द्वितिय र ग्लोबल कलेजियटकी सदिक्षा तिमिल्सिना र ढुंगेसाँघु बोर्डिङकी सहारा लामगादेले तृतीय स्थान हासिल गरे ।
स्पोर्टस् मिट अन्तर्गत भलिबलको छात्रतर्फ सम्पन्न खेलमा लिटिल स्टेपले चिरगादीलाई २५–२१ र २५–१७ ले, ताराकुञ्जले हार्वर्डलाई १६–२५, २५–१८ र २७–२५ ले, सृजनाले कन्चनजंघा एकेडेमीलाई २५–३ र २५–२३ ले र धौलागिरीले अल्फामाथि २५–२३, २१–२५ र २५–२३ को जित निकाल्यो ।
यसैगरि, छात्रतर्फनै भएको अन्य खेलमा डायमण्डले कन्जनजंघा बोर्डिङलाई २५–११ र २५–२१ ले, रेन्वो एकेडेमीले एक्स आर्मीलाई २६–२४ र २५–१२ ले, सबलाइमले लिटिल ड्याफोडिललाई २५–१७, २०–२५ र २५–१९ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा फुटबल सिनियरतर्फ ६९ टिम, जुनियरतर्फ ५२ र सिनियर छात्रा भलिबलतर्फ १७ टिम, छात्रतर्फ २४ र टेबुलटेनिसमा छात्रछात्रा गरि ३९ विद्यालयहरुले प्रतिस्पर्धा गरेका छन् ।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१