पोखरा, २८ मंसिर । पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले नगरभित्र रहेका निजी विद्यालयको लगानी ग्यारेन्टी गर्ने बताएका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको अवलोकन गर्दै उनले भने – केन्द्र र प्रदेश सरकारले के गर्छ त्यो मैले बोल्ने विषय होइन, महानगर एउटा सरकार हो, शैक्षिक क्षेत्रमा गरेको लगानी ग्यारेन्टी गर्न तयार छु ।
प्रमुख जिसीले भर्खर नयाँ शिक्षा ऐन आएकोले महानगर र निजी विद्यालय वसेर ऐन कानुन वनाउन महानगर तयार रहेको स्पष्ट पारे । नयाँ शिक्षा ऐन निजी विद्यालयको विषयमा मौन रहेको भन्दै महानगर र निजी विद्यालय वसेर यहाँको शिक्षा कस्तो वनाउने हो त्यही अनुरुप ऐन कानून वनाउने उनले आश्वासन दिएका छन् । शैक्षिक प्रदर्शनीले बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न टेवा पु¥याएको भनाई राखेका थिए ।
एन प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले एन प्याव्सान कास्की देशभरका शाखामा उत्कृष्ट कार्य गर्ने शाखाको रुपमा रहेको दावि गरे । यसैगरी प्याव्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले प्रदर्शनी सवै विद्यार्थीलाई सिकाई बनेको बताए ।
Related News
सम्बन्धित समाचार
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१