गोगनमा खानेपानी ट्यांकी शिलान्यास

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७६
Gogan_Fotor

लायन्स क्लब पोखरा दर्पण र लायन्स क्लब पोखरा अन्नपूर्णले पोखरा ३२, तल्लो गगनगौंडास्थित गोगन माविमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ।

बर्कर कलेज अष्टेलियाको सहयोगमा १० हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गर्न लागिएको हो। कलेजबाट ट्यांकी निर्माणमा श्रमदान गर्न आएका विद्यार्थीले खानेपानी ट्यांकी शिलान्यास गरेका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेधराज पौडेल, गोगन उच्च माविका प्रिन्सिपल मोहनराज बराल, लायन्स क्लब दर्पणका संस्थापक अध्यक्ष सञ्जीव थापा र लायन्स क्लब दर्पणका अध्यक्ष गुरुप्रसाद तिवारी, परियोजना निर्देशक तथा लायन्स क्लब अन्नपूर्ण सल्लाहकार सोनाम साङ्पो, लायन्स क्लब अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी लगायतले बोलेका थिए।

लायन्स अन्नपूर्णले यसअघि पनि विद्यालयको चारकोठे पक्की भवन निर्माणमा सहयोग गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै