पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ ।
आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कांस्यमा चित्त बुझायो ।
फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनको मध्यम स्कोर बनाएको थियो । जितका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।
श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन, र खादिजा खुर्वाले समान एक/एक विकेट लिए । ४ ओभरको स्पेलमा १ मेडन सहित मात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन् ।
यसअघि, पहिला ब्याटिङ गर्दै ९१ रन बनाएको बंगलादेशका लागि निगार सुल्तानले सर्वाधिक २९ रन जोडिन् । त्यस्तै, संजिदा इस्लाम र फाहिमा खातुनले समान १५÷१५ रन बनाए भने मुर्सिबा खातुनले १४ रन बनाइन् । श्रीलंकाको बलिङमा उमासा थिमेसाजले ४ तथा सत्या सन्दिपनी, सरिका सेवान्डी, कभिसा दिल्हारी र नलासा रनतुङ्गाले समान १/१ विकेट हात पारे । श्रीलंकाको ब्याटिङमा हर्षिता समाराविराले ३२, लिहिनी अप्सराले २५ तथा निलक्साना सन्दामिनीले १० रन जोडिन् ।
४ इनिङ्समा ११.१ ओभर बलिङ गर्दै ५ मेडन सहित ११ विकेट लिएकी नेपालकी बलर अञ्जली चन्द प्रतियोगिताकै ‘उत्कृष्ट बलर’ सहित ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भइन् । त्यस्तै ४ इनिङ्समा १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता समाराविकर्मा उत्कृष्ट ब्याट्सम्यान घोषित भइन् ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री विकास लम्साल, विशेष अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, दिपक कोइराला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, क्यानका केन्द्रीय सदस्य ऋषि गौतम, क्यान गण्डकी अध्यक्ष देवेन्द्र प्रजु, क्यान कास्की अध्यक्ष सञ्जयकान्त सिग्देल, टुर्नामेण्ट डाइरेक्टर उत्तम कर्माचार्य लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
Related News
सम्बन्धित समाचार
एनएलएलमा धनगढीसँग पोखरा थन्डर्स स्तभ्ध
महिला खेलाडीबाट बढी स्वर्ण
सागमा महिला खेलाडीहरुले दिलाए नेपाललाई बढि स्वर्ण
पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार
अबको १४ औं साग पाकिस्तानमा
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१