म्याग्दीलगायत देशभर बसोबास गर्ने पुन समुदायको धरोहर कुल देवता ‘करबाकेली बाबा’को पूजा गरिएको छ।
समुन्द्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफडाँडामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय करबाकेली थानमा मंगलबार पुन समुदायले विविध पूजा गरी कुलदेवता करबाकेली बाबाको पूजा गरेका हुन्।
देशकै ऐतिहासिक सांस्कृतिक र पुरातात्विक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको करबाकेली थानमा वर्षको दुई पटक पूजा गर्ने चलन रहेको करबाकेली बाबा संरक्षण समितिका सचिव रवी गबुर्जा पुनले बताए। उनका अनुसार प्रत्येक वर्ष जेठको पहिलो मंगलबार र मंसिर महिनाको पहिलो मंगलबारका दिन करबाकेली थानमा विशेष कुल पूजा गरिन्छ। पुन समुदायले परम्परागत रिरिरिवाज अनुसार कुल देवता करबाकेलीको थानमा पूजा गर्दै आएका छन्। ‘प्रत्येक वर्षको दुई पटक कुल देवता करबाकेली बाबाको पूजा गरिन्छ’, सचिव गर्बुजा पुनले भने। ‘करबाकेली बाबाको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास छ। ’करबाकेली बाबासँगै उनका जेठा छोरा रामचन र कुलचनको पनि पूजा गर्ने गरिएको सचिव गर्बुजा पुनले बताए।
भाकल अनुसार करबाकेली बाबाको थानमा विशेष जेठा छोरा रामचनलाई कुखुराको भाले र कान्छा छोरा कुलचनलाई भेडाको साँढ तथा बोकाको बली दिएर पूजा गरिँदै आएको सचिव गर्बुजा पुनको भनाइ छ।
उनका अनुसार मंगलबार १ हजार बढी भक्तजनले पुजा तथा दर्शन गरेका छन्। विगतमा भन्दा करबाकेली बाबाको पूजा तथा दर्शन गर्ने भत्तजनको भीड बढेको छ। करबाकेली थान (मन्दिर )भित्र उनका दुई श्रीमती हिमला, फिमला, जेठा छोरा रामचन र कान्छा छोरा कुलचनको मूर्ति राखिएको करबाकेली थान निर्माण समितिका संयोजक एवम् करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर गर्बुजा पुनले बताए।
रीतिरिवाज अनुसार मंगलबार बिहान मध्यान्ह रातिदेखि नै पूजारीहरुले करबाकेली बाबाको पूजा गरी सूरुवात गर्ने परम्परा रहेको करबाकेली बाबा संरक्षण समितिका अध्यक्ष देबेन्द्र पुर्जा पुनले बताए।
‘करबाकेली पुन समुदायको कुल देवता मात्र नभई सबै समुदायको धार्मिक आस्थाको धरोहर हो, ’अध्यक्ष पुर्जा पुनले भने। ‘करबाकेलीबाबाको पूजा गर्दा खेतमा लगाइएको अन्नबालीको सुरक्षा र परिवारमा सुख शान्ति प्राप्ती संगै मनोकामना पुरा हुने विश्वास छ। ’
स्थानीयको सक्रियतामा करबाकेली थानमा पूजा गर्न आउने भत्तजनलाई लक्ष्यित गरी लागि पक्की सडक, पदमार्ग‘करबाकेली इको ट्रेक’सामुदायिक लज र सभाहल, खेलमैदान लगायत विभिन्न पुर्वाधार निर्माण गरिएको छ। २०६९ सालमा निर्माण भएको करबाकेली थानको एशियाको सर्वाधिक म्यागेसेसे पुरस्कार विजेता महवीर पुनले उद्घाटन गरेका हुन्।
साथै करबाकेली क्षेत्रमा सबै समुदायको पुर्खादेखिको रितिरिवाज, संस्कार र संस्कृति झल्काउने संग्रहालय निर्माण थालिएको छ। करबाकेलीबाट गुर्जा, धवलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका गरी २५ वटा बढी गाउँ र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ। म्याग्दी भ्रमण वर्षलाई लक्ष्यित गरी पर्यटकीय गन्तव्यको रुपमा करबाकेली क्षेत्रलाई समेटिएको थियो।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१