पोखरा । पाँच दशकअघि नेपाल छिर्दा स्मीथ पढाउने काम गर्थे । बेलायतमा जन्मिएर उच्च शिक्षा लिएपछि उनलाई युनाइटेड मिसन टु नेपालले पोखरा भित्र्यायो । २०२२ सालमा नेपाल झर्दा पोखरामा पहिलो बोर्डिङ स्कूल निर्माणको काम भैरहेको थियो । हालको गण्डकी बोर्डिङ स्कूलको नाम उतिबेला नेपाल आदर्श विद्यालय थियो । गणित विषयका शिक्षक उनले नेपालका विभिन्न विद्यालयमा शिक्षण गरिसकेका छन् । पोखराको पृथ्वीनारायण क्याम्पस, गोरखाको अमरज्योति मावि, काठमाडौंको आनन्दकुटीमा उनले लामो समय पढाए । खासगरी उनी गणित र विज्ञानका ज्ञाता थिए । हजारौं विद्यार्थीलाई पढाएका उनी नेपाली शैक्षिक जगतका मार्गदर्शक हुन् ।
ब्रिटिस नागरिक कोलिन फिलिप स्मीथ शिक्षकमात्रै थिएनन्, पुतलीबारे अध्ययन उनको अर्को रुचि थियो । पुतलीलाई निकै प्रेम गर्थे उनी । पुतलीकै पछि लाग्दा ५४ वर्ष नेपालमा बिताएको पत्तो पाएनन्, उनले । नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये ५ सय ५० प्रजाती उनैले पत्ता लगाएका थिए । स्मीथले अहिलेसम्म २५ हजार पुतली जम्मा पारेका छन् । यसका लागि १४ वटा जिल्ला फन्को मारेका छन् । पुतलीको खोज र अनुसन्धानले उनको पहिचान नै फेरिदियो । अहिले उनलाई ‘पुतली बाजे’ कै नामले चिन्दछन् सबै । नेपालमा रहँदा बस्दा स्मिथलाई आफ््नो देश फर्किन मन लागेन । अहिले पोखराको सराङ्कोटमा टहरो बनाएर बसिरहेका छन्, उनी । पतिको मृत्युपछि एक्लै जीवन बिताइरहेकी एक नेपाली महिलासँग कागजी विहे गरे उनले । स्मिथले स्थानीय एक बालकलाई धर्मपुत्र बनाए । उनको रेखदेख धर्मपुत्रले नै गर्दै आएका छन् ।
‘उतिबेलै पनि स्कूलबाहिर निस्किँदा नेट लिएर हिड्नुहुन्थ्यो । पुतली देखेपछि नेटले छोप्नुहुन्थ्यो । नयाँ भए सुरक्षित राख्नुहुन्थ्यो, नभए उडाइदिनुहुन्थ्यो,’ स्मीथका पहिला विद्यार्थी सरुभक्तले सम्झिए, ‘हामी पनि धेरै पटक वहाँको पछि लागेर हिड्यौं । पुतली छोपेर कलिन सरलाई दिन्थ्यौं । हिजैजस्तो लाग्छ ती दिनहरु ।’ नेपाली जनताको मन जितेर नै कलिनले नेपालको परिवारको पाको सदस्यका रुपमा सम्मान पाएको उनी सुनाउँछन् । ‘हाम्रोमा बाजे भनेको परिवारको अभिभावक हो । कलिन सर (पुतली बाजे) पनि हाम्रो अभिभावक बन्नुभयो,’ उनले भने ।
उमेरले ८३ पुगिसकेका स्मीथलाई नेपालमै नेपाली भएर मर्ने रहर छ । धेरै लामो प्रयास पछि उनलाई सरकाले सम्मानार्थ नेपाली नागरिक बनाएको छ । सम्मानार्थ नागरिकता पाउने स्मीथ तेश्रो ब्यक्ति हुन् । सगरमाथा आरोही एडमन हिलारी र विश्वप्रशिद्ध भूगर्भविद्् टोनी हागनपछि उनलाई यो प्रकृतिको नागरिकता दिइएको हो । नेपालप्रति विशेष योगदान गर्ने विशिष्ट व्यक्तिहरुले मात्रै यस्तो नागरिकता पाउँछन् । नेपालको सम्मानार्थ नागरिकता पाएका उनी एकमात्रै ज्यूँदा ब्यक्ति हुन् । मन्त्रिपरिषदको २९ कात्तिकको निर्णय अनुसार कलिनलाई नेपालको सम्मानार्थ नागरिकता प्रदान गरिएको हो । सँगै उनलाई नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने हक समेत दिइएको छ भने नेपालको निःशुल्क भिसा उपलब्ध गराईएको छ ।
‘मेरो सपना पूरा भएको छ । अब म पनि नेपाली बनें,’ स्मीथले नागरिकता देखाउँदै भने, ‘अब स्वर्गमा गएर गीत गाएर बस्छु । नेपालमै मर्ने मेरो रहर साकार भयो ।’ नागरिकता दिने सरकार र यसमा सघाउनेलाई पनि धन्यवाद दिएका छन् उनले । उनले संकलन गरेको पुतलीहरु राखेर पृथ्वीनारायण क्याम्पसमा पुतली संंग्रहालय नै निर्माण गरिएको छ । सन् १९७३ देखि त्रिभुवन विश्वविद्यालय काठमाडौंमा प्रकृति विज्ञान संग्रहालयको लागि स्मिथले एक दशक पुतली संग्रहको काम गरे ।
गण्डकी सरकारका अर्थमन्त्री किरण गुरुङले स्मीथको उपनाम नेपालीले दिएको पदवी भएको बताए । ‘यो कुनै उपनाम मात्रै होइन । नेपाली जनताले माया गरेर दिएको पदक हो भन्ने सम्झनु,’ उनले भने, ‘नेपाल र विश्वकै लागि पनि तपाईंको योगदान निकै ठूलो छ । अनुकरणीय कामका लागि सरकार सधैँ सम्मान गर्छ ।’ नागरिकता बनाउन सहजीकरण गरेका थिए, पोखराका सुनिल उलकले । ‘कलिन सर अब नेपाली हुनुभएको छ । राज्यलाई वहाँप्रतिको दायित्व पनि थपिएको छ,’ उनले भने, ‘गण्डकी प्रदेश र समग्र नेपालकै लागि कलिन सर गहना हो । वहाँप्रति उच्च सम्मान राख्दै योगदानको थप कदर गर्नुपर्छ ।’ स्मीथको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । यद्यपि उनले आफ्नो दैनिकी भने छोडेका छैनन् ।
प्रकाश ढकाल
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१