भुटानविरुद्ध ज्ञानेन्द्रको शतक, भुटानलाई विशाल लक्ष्य

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७६
pa

काठमाण्डौ, १९ मंसिर। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लको शतकले शतक प्रहार गरेपछि नेपालले भुटानलाई २ सय ३७ रनको विशाल लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो। टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको खेलमा हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य दिने क्रममा नेपालका कप्तान ज्ञानेन्द्रले ५३ बलमा शतक प्रहार गरे। १८औं ओभरको अन्तिम बलमा क्याच हुनुअघि ज्ञानेन्द्रले ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रन बनाए।

ज्ञानेन्द्रको टि–ट्वान्टी अन्तर्राष्ट्रियमा यो पहिलो शतक हो। नेपालका लागि यो दोस्रो शतक हो। यसअघि पारसले सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए। यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाएर नटआउट रहे। ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ८ रनको साझेदारी गरेका थिए।पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए। पारसको टि–ट्वान्टी आईमा यो चौथो अर्धशतक हो।

Related News

सम्बन्धित समाचार

hero news full width