कास्कीमा नेकपा दोब्बर मतले अगाडि

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
1

पोखरा, १५ मंसिर । प्रतिनिधिसभाका लागि कास्की २ मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म पोखराका ४ वटा वडा ३३, २१,२० र १७ को मतपरिणाम सार्वजनिक गरिएको छ । चार वटै वडामा नेकपाकी विद्या भट्टराई अधिकारी अग्रस्थानमा छन् ।

पोखरा १६ को पनि मतगणना सकिएको छ । पोखरा १६ को सकिदा सम्म नेकपाको १५ हजार ५ सय ४१ र नेपाली काँगे्रेसको ७ हजार १ सय ९६ मत भएको जानकारी प्राप्त भएको छ । यद्यपी निर्वाचन आयोगले भने पोखरा १६ को मतपरिणाम सार्वजनिक गरिसकेको भने छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width