पोखरामा कार दुर्घटना ८ घाइते

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७६
car photo

पोखरा, १३ मंसिर । पोखराको तल्लो गगनगौंडामा सवारी दुर्घटना भएको छ । मुक्तिनाथबाट तनहुँतर्फ जाँदै गरेको बा ३ च ३०८० नम्बरको ल्याण्डक्रुजर प्राडो गाडी दुर्घटनामा परेको हो ।

शुक्रबार विहान ९ः३० बजे भएको उक्त दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएका छन् । अत्याधिक गतिमा रहेको उक्त गाडी अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि पोखराका अस्पतालहरुमा ल्याइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width