पोखरा, ११ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतले मिचेको भूमि फिर्ता गर्न प्रधानमन्त्रीले केपी ओलीले तुरुन्त पहल कदमी गर्नु पर्नेमा जोड दिएका छन् ।
प्रेस युनियन कास्कीद्वारा बुधवार पोखराका आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले भने– नेपाल–भारत दुबै देशमा स्थिर सरकार भएको अवस्थामा सीमाका देखिएको समस्या समाधान गर्न सजिलो हुन्छ । प्रधानमन्त्रीले छिटोभन्दा छिटो विवाद मिलाउन पहल कदमी गर्नै पर्छ बिरामी छु भनेर ढिला गर्ने काम नहोस् उनले भने– नेपाली काँग्रेस आफ्रनो जमिन फिर्ता गर्न प्रधानमन्त्रीलाई केपीलाई नै भेटेर दवाव दिइसकेका छौ, नेपालको जमिन फिर्ता गर्न काँग्रेसले केपी नेतृत्व सरकारलाई सहयोग गर्छ ।
कालापानी, सुस्ता नेपालकै हो, यसमा विवादै छैन, आफू सभामूख हुँदा त्यतिवेला भारतले कालापानीमा मिच्न खोज्दा कालापानी नेपालकै हो भन्ने अडान लिएको थिए । कालापानी समस्या समाधानमा जति ढिला भयो त्यति नै जटिल हुने हुदाँ सरकारले कुटनीतिक तथा राजनीतिक रुपमा समाधान गर्ने प्रक्रियामा पुग्नु पर्छ ।
कास्की निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा निश्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न भयो भने नेपाली काँग्रेसले निर्वाचन जित्छ । सक्ता र शक्तिको आडमा निर्वाचन जित्ने काम नहोस् उनले भने निर्वाचन सुद्ध र निश्पक्ष होस् पौडेलले भने – कुनै पनि निर्वाचन केन्द्रमा बुथ कब्जा गरेको सूचना सुन्न नपरोस् ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१