द ब्रिटिस कलेजकाे क्याम्पियन पाेखरामा सम्पन्न

नेपालमा नै बसेर युके डिग्री

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७६
Image-1 (2)

द ब्रिटिस कलेजले आफ्नो क्याम्पियन अन्तर्गत पोखरामा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । द ब्रिटिस कलेजले पोखरामा रहेको सगरमाथा कलेजमा आफ्नो दुई सेसन राखेको थियो ।

उक्त सेसनमा द ब्रिटिस कलेजका प्रिन्सिपल जोय फोस्टर एलिसले आफ्नो विचार राखेका थिए । उनले नेपालमा अन्तर्राष्ट्रिय डिग्रीको महत्वबारे चर्चा गरेका थिए । उनले विद्यार्थीहरुको भविष्य शिक्षाबाट कसरी सफल पार्न सकिन्छ भन्नेबारे आफ्नो विचार प्रकट गरेका थिए

उनले भने,‘नेपालमा गुणस्तीय शिक्षा पाउनेले उत्तिकै राम्रो अवसरहरु पनि पाइराखेका छन् । हो पक्कै पनि अन्तराष्ट्रिय शिक्षा हासिल गर्न महँगो छ । तर, नेपालमा अन्तराष्ट्रिय विश्वविद्यलायबाट सम्बन्धन लिएर द ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । नेपालमा नै रहेर तपाईहरुले युके डिग्री हासिल गर्नसक्नु हुन्छ । यसले ग्लोबल मार्केटमा समेत तपाईको पहुँच पुर्याउँछ ।’उनले थप्दै भने,‘आफुले चाहेको विषय पढ्नुपर्छ । यसले पक्कै पनि तपाईको करिअरमा ठुलो प्रभाव राख्छ । तपाई डाक्टर, इन्जिनियर वा आर्टिस्ट बन्न सक्नुहुनेछ । तर, पहिला आफुप्रति विश्वास गर्न सक्नुपर्छ ।’उनले अन्तराष्ट्रिय डिग्रीका लागि अध्ययन गर्न चाहेनेले ब्रिटिस कलेजमा आउन सुझाव दिए ।

उनले म्यानेजमेन्ट  र कम्प्युटिङ डिग्रीमा द ब्रिटिस कलेजले अन्तराष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको छ ।पछिल्लो समय ब्रिटिस कलेजले बिएचमको अध्यापन पनि गराउँने भएको छ । द ब्रिटिस कलेजमा अध्ययन गर्नेहरु विद्यार्थीहरुले युके, दुबई, सिंगापुर भ्रमण गर्ने अवसर पाउनुका साथै अन्तराष्ट्रिय अनुभव सँगाल्ने मौका पनि पाउने एलिसले बताए ।

उक्त सेसनमा खेल पनि आयोजना गरिएको थियो । सगरमाथा कलेजका दुई विद्यार्थीले टिबिसी टिसर्ट जित्न सफल भएका थिए भने गण्डकी बोर्डिङका विद्यार्थीहरुले पेन ड्राइभ जितेका थिए । समिम खान र आयुष्मा भट्टराईले उक्त खेल खेलाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width