पर्वत, ८ मंसिर । दक्षिण पर्वतको विहादी गाउँपालिका–४ वहाकीमा सञ्चालित वहाकी बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माण भएको छ ।
१ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको आठकोठे भवनको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिेनाले उद्घाटन गरे । सो कार्यक्रममा अध्यक्ष तिमिल्सिेनाले शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बताए । उनले देशलाई आर्थिकरूपमा सवल बनाउन तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए ।
अध्यक्ष तिमिल्सिनाले देशलाई समृद्ध बनाउन कर सङ्कलन बढाउनुपर्ने, भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने र हरेक कारोवार पारदर्शी हुनुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा पूर्व सभासद गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोविन्द पहाडीले बोलेका थिए । कार्यक्रममा राष्ट्रभक्ति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
माछापुच्छ्रे माविलाई बस सहयोग
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१