साझा पार्टीले पोखरा– २० भलाममा सम्पर्क कार्यालय स्थापना गरेको छ। कास्की २ मा हुन लागेको उपनिर्वाचनको मिति नजिकिएसँगै मतदाता भेटघाटमा सक्रिय बनेको पार्टीले एक कार्यक्रमका बीच शनिबार सम्पर्क कार्यालय स्थापना गरेको हो।
चुनावलाई मध्यनजर गर्दै सो सम्पर्क कार्यालय स्थापना गरिएको पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए।
सम्पर्क कार्यालय स्थापना पछि बोल्दै पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी के.सीले अब मन र मत परिवर्तन गर्नुपर्ने समय आएको बताईन्। उनले भारतले नेपाली भूमि मिचिरहेका बेला सरकार अझै मुकदर्शक बनेको भन्दै यो विषयमा तत्काल पहल गर्न माग गरिन्। देशमा भ्रष्टाचारको समस्या व्याप्त रहेको बताउँदै उनले साझा पार्टी भ्रष्टाचार विरुद्ध आवाज उठाउने र विकासप्रेमी पार्टी भएको जिकिर गरिन्। ‘देशका सीमा दिनानुदिन मिचिँदा पनि कुनै पहल नगरी सरकार मुकदर्शक बनेको छ, ’ उनले भनिन्, ‘देशमा भ्रष्टाचार व्याप्त छ, सरकार काण्डैकाण्डमा मुछिएको छ, अब मत परिवर्तन गुर्नुपर्ने समय आयो। ’
पार्टीका जिल्ला संयोजक खनालले राजनीतिको मुहान नै फोहोर भइसकेको टिप्पणी गरे। युवाले देश चलाउनुपर्नेमा जोड दिँदै उनले प्रश्र गरे, ‘देशका अभिभावकहरु नै गतिलो नभएपछि अरुले के गर्ने? , राजनीतिको मुहान नै फोहोर भैसक्यो, अब कास्कीबासीले परिवर्तनको सन्देश दिनुपर्छ। ’
चुनाव लक्षित घरदैलो र कोणसभा कार्यक्रममा सक्रिय बनेको पार्टीले शनिबार पोखरा २० भलाममा घरदैलो कार्यक्रम गरेको छ। घरदैलो कार्यक्रममार्फत जनतासामु पुग्दा जनताले पनि परिवर्तन खोजेको पाएको जिल्ला संयोजक खनालले बताए। आइतबार पोखरा २१ मा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१