१. भारतले यसै साता सार्वजनिक गरेको भारतको नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पिया धुरा र कालापानीलाई आफ्नो भूमिमा रहेको देखाएको छ। त्यसको नयाँ नक्सा सार्वजनिक हुनासाथ नेपालमा त्यसको तीव्र प्रतिक्रिया भएको छ। विद्यार्थीहरुले त्यसमा तीव्र विरोध गरी सो नक्सा छिटो सच्याउन माग गरेका छन्।
२. राजनीतिक पार्टीहरुले पनि भारतको त्यो नयाँ नक्साको विरोध गरेका छन्। नेपालमा यस पटक गरिएको विरोध पहिले पहिलेको भन्दा फरक र कडा छ। जनता कडा भएकाले सरकारले पनि केही कडा प्रतिक्रिया दिएको छ। राष्ट्र र राष्ट्रियताको लागि यो खुशीको विषय हो।
३. हाम्रा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतका विदेश मन्त्री बैठकको लागि नेपाल आउँदा दुई देशका सबै विषयमा परिणाममुखी वार्ता गर्ने जनाएका थिए। दुईजना मन्त्रीहरुको बैठक पनि भयो। तर त्यसको परिणाम के निस्क्यो, हाम्रो परराष्ट्र मन्त्रालयले कहिल्यै त्यसलाई सार्वजनिक गरेको छैन।
४. सरकारको एकातिर फर्कदा एउटा स्वर सुनिन्छ भने अर्कोतिर फर्कदा अर्कै स्वर सुनिन्छ। जनतातिर फर्कदा र विदेशतिर फर्कदा पनि स्वर एउटै हुनु पर्दछ। तर त्यस्तो भएको छैन। त्यसो नहुँदा कहिलेकाँही विश्वासको संकट उत्पन्न हुन्छ।
५. भारतसँग धेरै ठाउँमा सीमा विवाद छ। सीमा विवाद समाधान गर्ने संरचना पनि बनेको छ। त्यसको बैठक आदि छिटो–छिटो बस्नुपनेर्मा त्यो ज्यादै ढिलो भएको छ र जति ढिलो भएको छ। उति नयाँ–नयाँ समस्या उत्पन्न हुँदैछन् र नेपाललाई नोक्सान हुँदैछ।
६. नेपालको लिपुलेकलाई भारत र चीनले आफ्नो व्यापारिक प्रयोजनको लागि प्रयोग गर्ने सम्झौता गरेका छन्। त्यो सम्झौता गर्दा ती दुवै देशले नेपालसँग एक शब्द पनि सोधेनन् । नेपालको लिपुलेक प्रयोग गर्ने तर नेपालसँग नसोध्ने तिनीहरुको त्यो सम्झौताको विषयलाई पनि अहिले उठाउनु पर्दछ।
७. अहिले लिपुलेक, लिम्पियाधुरा र कालापानीको कुरा उठेको छ। यसरी कुरा उठेको बेला ती ठाउँमा ६० को दशकदेखि भारतीय सैनिकहरु रहेको कुरा पनि उठाउनु पर्दछ। ती सैनिकहरुलाई त्यहाँबाट भारत फर्काउने काम पनि सरकाले गर्नुपर्दछ। अर्काको सैनिकलाई आफ्नो भूभागमा राखीराख्न हुँदैन, भारतीय सैनिक त्यहाँ बसेको धेरै वर्ष भयो, अब छिटै फिर्ता गर्ने प्रबन्ध सरकारले गर्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१