लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिका–५, सञ्जापु गाउँमा संचालित खुल्ला रनिङ शिल्ड पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तरगत आइतबार क्वाटरफाइनलका चार र दोस्रो चरणका २ खेल गरी ६ खेल सम्पन्न भएका छन् ।
हाम्रो मनास्लु युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा अन्नपूर्ण युवा क्लब छापा गैरीगाउँले कालिका युवा क्लब भिरपुस्तुनलाई ३–१ गोलले हराउँदै सेमिफाइनल पुगेको छ ।
यसैगरि, दोस्रो सेमिफाइनल खेलमा मनास्लु मस्र्याङ्दी युवा क्लब घेर्मुले ठूलीबेसीको सिर्जना युवा क्लबलाई १–० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
त्यस्तै, प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा हाम्रो मनास्लु युवा क्लबको ‘ए’ ले दिङदिङको शान्ति दिप युवा क्लबलाई ३–१ गोलले हराउँदै सेमिफाइनल यात्रा गरेको छ ।
त्यस्तै, प्रतियोगिताको चौथो क्वाटरफाइनल खेलमा ढंगैको मनास्लु युवा क्लबले आयोजक मनास्लु युवा क्लबको ‘बी’ माथि ३–२ को जित निकाल्दै सेमिफाइनल पक्का गरेको छ ।
यसअघि, प्रतियोगिता अन्तरगत आइतबार नै लिगको दोस्रो चरण खेलमा आयोजक हाम्रो मनास्लु युवा क्लब ‘ए’ ले उपल्लो ताघ्रिङको लेकाली युवा क्लबलाई ४–० ले हराउँदै क्वाटरफाइनल खेलेको थियो ।
त्यस्तै, दोस्रो खेलमा आयोजक हाम्रो मनास्लु युवा क्लब ‘बी’ले सिउरुङको शिलादेवी युवा क्लबलाई १–० ले हराउँदै क्वाटरफाइनलमा ढंगैको मनास्लु युवा क्लबसँगको भेट पक्का गरेको थियो ।
सेभेन ए साइड फुटबल प्रतियोगितामा ३० टिमले प्रतिस्पर्धा गरेको थियो । सञ्जापु लमजुङ जिल्लाको दुर्गम गाउँ हो ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१