नेपालको यू–१९ क्रिकेट टोली: एमसीसीसँग ३८ रनले पराजित

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
Nepal U-19 vs MCC England

पोखरा । नेपालको यू–१९ क्रिकेट टिम इङ्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी)सँग ३८ रनले पराजित भएको छ ।

भारतमा हुने च्यालेन्जर्स ट्रफी खेल्न जाने नेपाली यू–१९ टिमले एमसीसीसँग खेलेको हो ।

एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपालको युवा टिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो ।

नेपालका लागि विकेटकीपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, कप्तान ऋत गौतमले ४३ रन बनाउँदै आउट बने । नेपालका लागि अरुण ऐरी र आकाश चन्दले समान ३०÷३० रन बनाए । खडक बोहराले २५ रन जोडे । लोकेश बम १४ रनमा पेभेलियन फर्किए ।

विशाल केसीले १३ रन बनाए । कुशल मल्लले ६ रनको मात्रै योगदान गरे । प्रतिश जिसीले ४ रनको योगदान दिए । अन्तिमसम्म क्रिजमा शेर मल्ल २८ तथा सागर ढकाल १ रनमा नट आउट रहे । एमसीसीसँग सोमबार नेपालको सिनियर टिमले एक दिवसीय प्रतियोगिता खेल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै