चर्चा बटुल्दै ‘भिर्नी झोलामा’

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७६
sung jholama

पोखरा,६ कात्तिक । पछिल्लो समय लोक दोहोरी गीतहरु उत्कृष्ट बन्न थालेका छन् । त्यसैले पनि होला बजारमा आइरहेका गीतहरु दर्शक श्रोताले मन पराउन थालेका छन् । हरेक हप्ता महिनाजस्तो राम्रा गीतहरु बजारमा आइरहेका छन् ।

यसै क्रममा लोकप्रीय गायक तथा सञ्चारकर्मी कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको गीत यसै साता बजारमा आएको छ । ‘भिर्नी झोलामा’ नामक गीतलाई यतिखेर निकै रुचाइएको छ । टिकटक देखि सामाजिक सञ्जालमा गीतको चर्चा हुन थालेको छ । गायक अखेलीको संगीत रहेको उक्त गीतमा शिव अखेलीको उत्कृष्ट शब्द रहेको छ ।

यो गीतको भिडियो उत्तिकै उत्कृष्ट बनेको छ । सुनील क्षेत्रीको निर्देशन रहेको भिडियोमा सुनीलसँगै रक्षा श्रेष्ठले कम्मर मर्काएकी छन् । गीतलाई दुर्गा पौडेलले खिचेका छन् ।

तिर्सना म्युजिकले गीतलाई बजार व्यवस्थापन गरेको छ । यसअघि गायक कृष्ण अखेली र सरस्वती लामिछाने ‘भाडा तिरौला र बतासे पानी’ नामक गीतमा सहकार्य भइसकेको छ । यो गीत छोटो समयमा दर्शकले रुचाउँदा खुसी लागेको अखेली बताउँछन् ।

‘मिहेनत गरेर काम गर्यो भने श्रोता दर्शकले मन पराउनुहुँदो रहेछ,’ उनले भने, ‘गीत बजारमा आएको छोटो समयमा राम्रो प्रतिक्रिया आइरहेको छ । हौसला बढिरहेको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width