मन्त्रिपरिषद् हेरफेर हुँदै

एजेन्सी
असाेज २८, २०७६
A789EAF3-75FE-4D81-97C4-F6833F4B1998

काठमाण्डौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।

ओलीले सोमबार दाहालसँग मन्त्रिमण्ण्ल हेरफेर गर्ने विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरेका थिए । ओलीले ६ जना मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले जनाएको छ । पार्टीका अध्यक्ष पुष्प कमल दाहालले एक वर्ष अघिदेखि नै मन्त्रिमण्डल हेरफेर हुने भन्दै सार्वजनिक समारोहमा आफ्नो प्रतिक्रिया दिर्दै आएको भएपनि उनको अभिव्यक्तिले वल्ल सार्थक पाउने भएको छ ।

शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिन लगाएर मन्त्री पदमा लाने तयारी भएको छ । उनलाई मन्त्री पदका लागि तयारी अवस्थामा रहन आश्वासन समेत दिइएको छ । प्रतिनिधि सभाको उपसभामुख नेपाली काँग्रेसलाई दिर्ने संवैधानिक व्यवस्था अनुसार तुम्बाहाङ्फेलाई उपसभामुखबाट हटाएर मन्त्री बनाउन लागिएको हो । प्रतिनिधि सभा सभामुखमा देवगुरुङलाई बनाउने तयारी भएको नेकपा श्रोतबाट जानकारी प्राप्त भएको छ ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो । सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवयस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width