चितवन–पोखरा सम्पर्क समाजले विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्व अवसरमा समाजका सदस्यबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
प्रमुख अतिथि काफ्ले समाज गण्डकी प्रदेश अध्यक्ष कृष्ण काफ्लेले व्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरे। उनले शुभकामना दिँदै समाजले गरेको कार्य प्रशंसनीय भएको उल्लेख गरे।
कार्यक्रममा चितवन साहित्य संगम र शारदा स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष तथा साहित्यकार पोषराज पौडेल, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख मुरारी मिश्र, मदिरा व्यवसायी संघका अध्यक्ष रुपनारायण भुजेल, प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइराला, फेवा पब्लिकका निर्देशक शेरबहादुर क्षेत्री, संस्थापक अध्यक्ष तथा सल्लाहकार निर्मल सापकोटा र सल्लाहकार देवकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रममा सहभागीतर्फबाट इ. आनन्दप्रसाद सापकोटा, विष्णु सुवेदी र कार्यसमिति सदस्य रामचन्द्र पहारीले मन्तव्य व्यक्त गर्दै आपसमा शुभकामना साटासाट गरेका थिए।
समाज अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तारा पराजुली सापकोटाले र स्वागत उपाध्यक्ष दिलीप पनेरुले गरेका थिए।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१