जोजिजू म्यूजिकल जर्नी–२०७६ मा स्रष्टा सम्मान गरिएको छ।
जोजिजू म्यूजिक सेन्टर म्यूजिक स्कुल पोखराद्वारा आयोजित उक्त कार्यक्रममा संस्कृतिकर्मी कृष्णबहादुर श्रेष्ठ र पत्रकार कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, वरिष्ठ साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, सेन्टरका प्रबन्ध निदेर्शक विनित जोजिजू, कार्यक्रम संयोजक सानु जोजिजूले सम्मानपत्र, दोसल्ला र टीका प्रदान गरी सम्मान गरेका थिए।
सोही समारोहबीच बाल कलाकार उत्प्रेम जोजिजूलाई उनको जन्म दिनको अवसर पारी शुभकामनासहित सम्मान गरिएको थियो।
त्यस अवसरमा प्रमुख अतिथि सभामुख अधिकारीले सबैलाई मन्त्रमुग्ध पार्ने शक्ति संगीतमा रहेको बताउँदै यसको विकासमा जोजिजू परिवारको योगदान प्रशंसनीय रहेको बताए।
हाम्रो देश विविध संस्कृतिले धनी भएको उल्लेख गर्दै उनले संस्कृति नै हाम्रो पहिचान भएको र यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले नेपाली संगीत पश्चिमा संगीतबाट आक्रान्त भएको र नेपाली संगीतलाई बचाउन कडा अभियान आवश्यक भएको बताए।
सम्मानित स्रष्टा कृष्णबहादुर श्रेष्ठले संगीतका क्षेत्रमा लाग्नेहरुलाई उपयुक्त वातावरण बनाउन आफूले सघाउँदै आएको बताए।
अर्का सम्मानित पत्रकार कृष्णप्रसाद बास्तोलाले कलाकारले संगीतका माध्यम र पत्रकारले कलमका माध्यमबाट समाजलाई सुसूचित र आनन्दित बनाउन पर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा जोजिजू म्यूजिक सेन्टरका प्रबन्ध निदेर्शक विनित जोजिजूले सेन्टरले विगत १६ वर्षदेखि निरन्तर संगीत क्षेत्रमा योगदान दिँदै आएको बताए।
कार्यक्रममा प्राप्ति तुलाचनको प्रस्तुति, विकास मगरको क्यारिकेचर रहेको थियो।
कार्यक्रममा दशैं पर्वलाई लक्षित गरी मालाश्री धुन प्रस्तुत गरिएको थियो। भायोलिनमा सानो जोजिजू, गितारमा नेसन पुन, प्रदीप ठकुरी, की–बोर्डमा करण तामाङ, प्याडमा विमल गायक, तवलामा उत्प्रेम जोजिजू थिए। कार्यक्रममा हिमाली सांस्कृतिक परिवार, सुस्मिता डान्स सेन्टर, हामोर्निक ग्रुप लगायतको सहयोग रहेको जनाइएको छ।
सेन्टरका व्यवस्थापक एवम् कार्यक्रम संयोजक सानु जोजिजूको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्तोष बस्यालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१