म्याग्दी, ५ असोज । वर्षासंगै म्याग्दीको कोटखोलामा शनिवार राति आएको बाढीले बगाएर म्याग्दीमा २ बालिका बेपत्ता भएका छन् भने त्यहाँ वसोवास गर्ने ४८ परिवार सदस्य, विद्यार्थी र शिक्षकलाई प्रहरीले राति नै उद्धार गरेको छ ।
शनिवार राति ११.१५ वजे म्याग्दी जिल्ला बेनी नगरपालिका–२ बगरफाँट स्थित कोटखोलामा आएको वाढी वस्तीमा पस्दा बगरफाँट निवासी १० वर्षीया प्रबीना परियार र ६ वर्षीया अनुस्का परियारलाई बाढीले वगाएर वेपत्ता पारेको हो । उनीहरुको खोजी कार्य भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रवक्ता ध्रुवप्रसाद शर्माले दिए । उनीहरुलाई खोलाले बगाएके वा पुरेको हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्रता दिएका छौ, शर्माले भने ।
बगरफाँटमा अम्बिका श्रेष्ठको जग्गा भाडामा लिएर पार्वती परियार, अनिता परियार लगायत नौ परिवार वस्दै आएको थियो । सोही स्थानमा बुद्ध एकेडेमी वोडिङ समेत संचालित थियो । प्रहरी प्रवक्ता शर्माका अनुसार राति ११.१५ वजे कोटखोलामा आएको वाढी बस्तीमा पसेको सूचना प्रहरीलाई प्राप्त भएपछि प्रहरी वीट मंगलघाटका प्रहरी टोली उद्धारका लागि त्यहाँ पुगेको थियो भने जिल्लाबाट समेत प्रहरी टोली उद्धारमा पढाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रवक्ता धु्रवप्रसाद शर्माका अनुसार राति नै बगरफाँटका नौ परिवारका केही सदस्य भागेर ज्यान जोगाएका थिए भने केहीलाई उद्धार गरिएको थियो । ती घरका ३१ जना सदस्य, बुद्ध एकेडेमी वोडिङका् हेस्टेलमा वस्दै आएका १२ विद्यार्थी र ५ शिक्षकलाई गरी ४८ जनाको उद्धार गरिएको छ । स्थानीयका अनुसार वेपत्ता हुनेमा २ वालिमा मात्र भएको एकीन भएको छ अरु सवै सम्पर्कमा छन् । उद्धार गरिएका ती परिवार सदस्यलाई छिमेकीको घरमा शरण लिएर वसेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र रेडक्रसको सहयोगमा उनीहरुलाई अस्थाई वासको व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी प्रवक्ता शर्माले दिएका छन् ।
खोलाले डाइभर्सन गरी वस्तीमा रहेका सामान र वोडिङको सुरक्षा गर्ने काम गरिरहेका छौ, शर्माले भने–वाढीवाट करिव एक करोड वरावरको क्षति पुरगको छ ।
वर्षासंगै आएको बाढीले बगरफाटँमा रहेको बुद्ध एकेडेमी बोर्डिङ स्कुलसंगै स्थानीय रेशम जुग्जाली ,अनिता परियार र पार्वती परियारको घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ, भने सुकुम्बासी रश्मी परियार ,माया परियार र सेते किसानको घरमा आंशिक क्षति पु¥याएको छ । बाढीले विद्यालय पुरिँदा करिब एक करोड बराबरको भौतिक क्षति भएको प्रहरी प्रवक्ता ध्रुवसागर शर्माले बताए ।स्थानीय बाढी पीडित रश्मी दमाइले सुतिरहेको अवस्थामा राती अचनाक बाढी आएपछि हामी भागेर बाच्न सफल भयौं वताइन् ।
साधन राम्जाली
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१