पोखरामा शनिबारदेखि नेपाल आइटीएफ सिनियर्स वल्र्ड र्याङ्किङ जी–४ टेनिस च्याम्पियनसीप शुरु भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु च्याम्पियनसीपमा नेपाल, भारतलगायत तेश्रो मुलुकका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन्।
प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथिका खेलाडीहरुले प्रतिष्पर्धा गनेर्छन्। प्रतियोगितालाई एनआइसी एसिया बैंकले मुख्य प्रायोजन गरेको छ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका भेट्रान अन्तराष्ट्रिय खेलाडी कमल थापाले विजयी शुरुआत गरे। थापाले ५५ वर्षमाथिको इभेन्ट्समा भारतका एसएन वसिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै विजयी यात्रा शुरु गरेका हुन्।
यस्तै, पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुश्लिमलाई ६–०, ४–६ र ६–० मा पराजित गर्दै अर्को चरणमा स्थान बनाए। ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ नतिजा निकाले।
यस्तै, उत्तम बोगटीलाई पोखरेली खेलाडी विकास गुरुङले ६–३, ६–१ सेटमा पराजित गरे।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सञ्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दा विकास गुरुङले अशोक गुरुङलाई रिटायर्ड हर्डमा हराए।
गण्डकी प्रदेश आर्थिक विकास समिति सभापति दीपक कोइरालाले टुर्नामेण्ट डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए।
खेलमा ३५ वर्ष उमेर समूहका १०, ४५ वर्ष उमेर समूहका २२ र ५५ वर्ष उमेर समूहका २० गरी ५२ जना खेलाडी सहभागी रहेको सचिव नवीन चालिसले बताए।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१