पोखरा । विश्वकप कप छनोट अन्तरगत दोस्रो चरणको पहिलो खेलमै नेपालले खराब प्रदर्शन गरेको छ ।
२०२२ मा कतारमा हुने विश्वकप कप छनोट अन्तरगत दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग नेपालले ७–० गोल अन्तरको लज्जास्पद हारलाई आत्मसाथ गरेको हो । विहीबार राती कुवेतले आफ्नै खेल मैदानमा नेपाललाई ७–० गोलले पराजित ग¥यो ।
कुवेतले पूरै खेललाई आफ्नो कब्जामा राख्न सफल रह्यो । निर्धारित समय अवधिभर कुवेतले नेपाली टोलीलाई पूरा दवावमा राख्न सफल रह्यो । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको कुवेतले दोस्रो हाफमा ५ गोल थप्न सफल रह्यो ।
खेलको ६ मिनेटमै कुवेतका युसुफ अल सलमानले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । १३ औं मिनेटमा फाहाद अल हाजेरीले अर्को गोल थप्दै टोलीलाई दोब्बर अग्रता दिलाए ।
खेलको ५० औं मिनेटमा सलमानले अर्को गोल थपे । त्यसको ९ मिनेटपछि अब्दुल्लाह मावीले कुवेतको तर्फबाट चौथो गोल थपे । ६७ औं मिनेटमा बदर अल मतवाले अर्काे गोल थपे ।
खेलको इन्ज्यूरी समयमा रेदा हानी र हुसेन अल मोसावीले थप १÷१ गोल गरे । नेपाल ७–० गोलको फराकिलो अंकमा पराजित हुन पुग्यो । यसअघि, यो खेल नेपालमै हुने भनिएपनि दशरथ रंगशाला पुनर्निर्माण नसकिएकाले गर्दा कुवेतमै खेल्नुपर्ने बाध्यता सिर्जना भएको थियो । फिफा वरीयतामा कुवेत नेपालभन्दा १० स्थान माथि रहेको मुलुक हो ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा लज्जास्पद हार व्यहोरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले खेलमा भएको गल्तीको विश्लेषण गर्ने बताएका छन् ।
छनोट अन्तर्गत विहिबार राति भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरको फराकिलो हारपछि बोल्दै प्रशिक्षक कालिनले नेपालले खराब प्रदर्शन गरेको श्वीकार्दै कालिनले यस प्रदर्शनमा भएको गल्ती आफूले विश्लेषण गर्ने प्रशिक्षक कालिनको भनाई थियो ।
नतिजामा भन्दा प्रदर्शनमा ध्यान दिन प्रशिक्षक कालिनको खेलाडीलाई निर्देशन थियो । पोस्ट म्यान कन्फरेन्समा कालिनले भने, ‘हामीले आज राम्रो खेल्न सकेनौं । म विश्लेषण गर्न चाहन्छु । हाम्रो गल्ती कहाँ रह्योे ?’
प्रशिक्षक कालिनले टिमको डिफेन्स मजबुत् रहेपनि तयारी अनुरुप खेलाडीले नखेल्दा धेरै गोल खाएको प्रसिक्रिया दिए ।
‘हामीसंग राम्रो डिफेन्स छ, ७ गोल मूर्खतापूर्ण गोल थियो, प्रशिक्षक कालिनको प्रतिक्रिया थियो, ‘२ गोल खाएपछि डिफेन्डरले दबाबमा खेले । डिफेन्डरले मात्र हैन पूरै टिम डिफेन्समा थियो । हामीले हाम्रो तयारी अनुसार खेल्न सकेनौं । हामी खुसी छैनौँ ।’
कुवेत राम्रो टिम रहेको र नेपालले कुवेतलाई नियन्त्रण गर्न नसक्दा आश्चर्यजनक नतिजा आएको कालिनको भनाई छ । कालिनले अर्को खेलमा राम्रो गर्ने लक्ष्य लिएको समेत बताए ।
फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत कुवेतसँगको खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली भोलि (शनिबार) स्वदेश फर्कने भएका छन् ।
कुवेतसँग उसैको मैदानमा पहिलो खेल खेलेको नेपाली टोली शनिबार बिहान नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोली बिहान ८ बजेपछि नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।
छनोटको समूह ‘बी’ रहेको नेपाली टोली एक दिन नेपालमा आराम गरेर पुनः छनोटको दोस्रो खेल खेल्न चाइनिज ताइपे जानेछ । नेपालले भदौ २४ गते ताईपेसँग ताइपैकै मैदानमा खेल्नेछ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१