भदौ ७ पोखरा । शितल ज्योति युवा क्लव पोखरा १२ को छैटौ वार्षिक साधारणसभा तथा द्रोस्रो अधिवेशनबाट अध्यक्षमा पुन सन्तोष गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
क्लबको प्रथम उपाध्यक्षमा नर प्रसाद गुरुङ द्धितीय उपाध्यक्षमा राजकुमार गुरुङ सचिवमा पुर्ण वहादुर गुरुङ सह–सचिवमा विमला गुरुङ कोषाध्यक्षमा रवीन्द्र राजभण्डारी सह–कोषाध्यक्षमा सुभाष गुरुङ सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा बेलबहादुर गुरुङ,रामबहादुर गुरुङ,संकल्प बसेल,रुपा गुरुङ,मदन गुरुङ,चेतमान गुरुङ,जुम वहादुर गुरुङ,नीरज गुरुङ र शशी मल्ल चयन भएका छन् । क्लबका संस्थापक अध्यक्ष ऋषभदेव वास्तोला, सल्लाहकार गजबहादुर गुरुङ र पोखरा महानगरपालिका १२ का सचिव चन्द्रकान्त तिमल्सेना रहेको निर्वाचन मण्डलले निर्वाचन सम्पन्न गरेको थियो ।
यस अघि क्लबको छैटौ वार्षिक साधारणसभा तथा द्रोस्रो अधिवेशनको उदघाट्न गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले क्लबको भवन वनाउनको तथा खेलकुद मैदान उपलब्ध गराउन आफ्नो तर्फ बाट सक्दो सयोग गर्ने प्रतिवद्धता प्रकट गरे । कार्यक्रममा बिषेश अतिथि क्लबका संरक्षरक तथा आजीवन सदस्य बिमल बसेलले शितल ज्योति युवा क्लब पोखराको उत्कृष्ट क्लब रहेको वताउदै उत्कृष्ट कामहरु गद्र्रै जानु पर्ने बताए । कार्यक्रममा क्लबका सल्हाकार मिनबहादुर गुरूङ, गजबहादुर गुरू, शितलादेवी टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर गुरूङ क्लबका पूर्व अध्यक्ष गोविन्द गुरूङ लगाएतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट कार्य गरेकोमा क्लबका सदस्य चेतबहादुर गुरूङ, पूर्ण कुमारी गुरूङ (रूपा) तथा शितलादेवी टोल विकास संस्थालाई सम्मान गरिएको थियो ।
क्लबको साधारणसभा तथा अधिवेशनमा अध्यक्ष सन्तोष गुरुङले अध्यक्षको प्रतिवेदन सचिव पूर्ण गुरुङले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष रवीन्द्र राजभण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित गरिएको थियो । क्लबका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष नरप्रसाद गुरूङले गरेका थिए भने कार्यक्रम सन्चालन सचिव पूर्ण गुरूङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१