अछाम, ५ भदौ । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटनामा अन्य तीन घाइते भएका छन् । रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नंको जिप जयगढ–माझेठाना सडकखण्डअन्तर्गत सुकिबागमा बुधबार राति करीब साढे ८ बजेतिर सडकबाट करीब ५०० मिटर तल खस्दा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ बस्ने काले परियार र बैतडी घर भएका सवारी चालक लाल बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जङ्गीर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन् ।
उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । रातिको समयमा तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।
Related News
सम्बन्धित समाचार
चट्याङ लागेर एकजनाकोे मृत्यु
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१