भिजन मण्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टर पोखरा–२७ तालचोकले आफनो स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै डायमण्ड मावि का निर्देशक एवं शिक्षाविद माधवशरण उपाध्यायले बालबालिकामा सिक्ने उत्प्रेरणा जगाउनका लागि हरेक शिक्षकहरु, आमाहरु एवं अभिभावकहरुका लागि समेत मण्टेश्वरी शिक्षण पद्धति जरुरी भएको वताए।
उनले पोखरालाई नै केन्द्र मानेर प्रायजसो संस्थाहरु सञ्चालनमा ल्याउने प्रवृति हावि हुँदै गईरहेको अवस्थामा लेखनाथ क्षेत्रबाट नै मण्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकोमा प्रशंसा गर्दै यसले समय र पैसाको समेत वचत हुनुका साथै यस क्षेत्रमा दक्ष जनशक्तिहरु उत्पादन हुँदै गईरहेको बताए। यस्तै पोखरा चेम्बर अफ कर्मसका उपाध्यक्ष गिता तिवारीले प्रयोगात्मक शिक्षा नै अहिलेको आवश्यकता भएकोमा जोड दिंदै तालिमको माध्यमबाट स्वरोजगार बन्न आग्रह गरिन। कार्यक्रममा क्यान पोखराका अध्यक्ष युवराज पौडेलले सिकाई जिवन्त हुनुपर्नेमा जोड दिंदै वालवालीकाको सिकाईलाई ध्यानमा राख्दै शिक्षण गरिनुपर्ने वताउँदै घर परिवारबाट नै रोजगारको श्रृजना गरिनुपर्ने बताए।
भिजन मण्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टर प्रबन्ध निर्देशक दुर्गा सिक्देलले कार्यक्रमको उद्देश्य, वार्षिक उपलब्धि लगायतको बारेमा वताएकी थिईन भने अन्र्तराष्ट्रिय मानव मिलन केन्द्रकी सावित्री शर्मा, दामोदर न्यौपाने, प्रशिक्षार्थीहरुको तर्फबाट लक्ष्मी तिमिल्सिना र सपना न्यौपानेले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वार्षिकोत्सवका अवसरमा सेन्टरबाट तालिम लिएका मण्टेश्वरी ८० जना शिक्षिकाहरुलाई प्रमाणपत्र वितरण गरेको छ। संस्थाकी प्रबन्ध निर्देशक दुर्गा सिक्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–संस्थापक बाबुराम न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन प्रबिना विश्वकर्माले गरेकी थिईन।
Related News
सम्बन्धित समाचार
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१