आइतबार पाल्पाको तानसेनमा दुई जात्रा निकालियो। श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा र बाघ जात्रा गरी तानसेनमा एकै दिन दुई जात्रा निकालिएको हो।
तानसेन भजन संरक्षण समिति पाल्पाले संस्कृतिको संरक्षण र सम्बद्र्धनमा योगदान पुर्याउने भन्दै आइतबारदेखि गणेश यात्रामा भजनसहित सहभागिता जनायो। तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही र उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले भजन संरक्षण समितिको कार्यक्रमलाई संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
आयोजकका अनुसार प्रत्येक वर्ष भाद्र कृष्ण तृतीयाको दिन भव्यताका साथ गणेशको रथयात्रा गर्ने प्रचलन वि.सं. १९८१ बाट प्रारम्भ गरिएको थियो। गणेश जात्रामा पहिला भगवानलाई पूजा गरी बोकाको बलि दिइने र प्रसादको रूपमा जाग्राममा बस्नेहरूलाई सम्हयबजी बाँडिने भएपनि आजकाल भगवान श्रीगणेशलाई बलि नचढाइने जानकारहरू बताउँछन्।
श्रीनगरस्थित श्रीगणेशको रथयात्रा निकालेपछि मात्र तानसेनमा अन्य देवीदेवताहरूको रथहरू निकालिने तानसेन भजन संरक्षण समितका अध्यक्ष ब्रह्मशेखर बज्राचार्य बताउँछन्। तानसेन बजारभित्र ६ ठाउँहरूमा गणेश मन्दिरहरू रहेका छन्। आइतबार भएको श्रीनगर सिद्धी विनायक गणेश रथयात्रालाई बजारको विभिन्न भागमा परिक्रममा गराइएको थियो।
यसैबीच आइतबार नै तानसेनमा बाघ जात्रा निकालियो। जात्रामा बाघको भेषमा सिंगारिएर युवाहरूले बाजा बजाएर बाघलाई घेल्दै र सिकार गरेको अभिनय सहित बजार परिक्रमा गरेका थिए। पाल्पामा प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट बाघ जात्रा गर्ने चलन छ। जानकारहरूका अनुसार तानसेनमा मनाइने बाघजात्रा अन्य जिल्लाहरूमा मनाइने तरिका फरक रहेको छ। तिथि अनुसार कुनै कुनै वर्ष मात्र बाघजात्रा र श्रीनगरस्थित गणेको जात्रा एकै दिन पर्ने गर्दछ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१