गोरखा तमु समाजको सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
hdr

hdr

गोरखा तमु समाज कास्कीको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ।

साधारणसभा अवसरमा समाजका सदस्यका एसईई उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो।

समाजका अध्यक्ष ज्ञानबहादुर गुरुङले वीनिता गुरुङ, बुद्धिमाया गुरुङ, सुकमाया गुरुङ, बबिन गुरुङ, मुस्कान गुरुङ, अनान गुरुङ, सुमित गुरुङलाई सम्मानपत्र प्रदान गरेका थिए।

पानस बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक धनेन्द्र गुरुङले एसइई उत्कृष्ट वीनिता गुरुङलाई ५ हजारसहित सम्मान गरेका थिए।

कार्यक्रममा संस्थाका सचिव विमला गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सन्दीप गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्था अध्यक्ष ज्ञानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष यसबहादुर गुरुङ र सञ्चालन सचिव विमला गुरुङले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै