अन्त्येष्टिका लागि देवघाट लगिएका शिशु चल्मलायपछि पुनः अस्पताल भर्ना

रासस
श्रावण २६, २०७६
onlookers gather at the Narayani Bridge in Chitwan

चितवन, २६ साउन । अन्त्येष्टिका लागि देवघाट लगिएका शिशु चल्मलायपछि पुनः अस्पताल भर्ना गरिएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्काो शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लकाले जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो ।

मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलायपछि अस्पताल फर्काइएको हो । घटना शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्यायएको जानकारी उनले दिए। अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शङ्कास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । नवजात शिशुमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको मल्लले बताए । घटना शुक्रबार भएको हो । बिहीबार ती बच्चा जन्मिएका थिए । गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याह शिशुको जन्म भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width