पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल अष्ट्रेलियाको अध्ययन अवलोकन भ्रमणमा निस्केको छ। साउन २२ देखि भदौ १३ गतेसम्म हुने सो भ्रमण गण्डकी सरकारको आन्तरिक भ्रमण वर्ष, नेपाल सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा अष्ट्रेलियाको निजी क्षेत्र एवं गैरआवासीय नेपालीहरुसँग उद्योग व्यवसायको क्षेत्रमा सहकार्यको सम्भावनाको खोजीमा केन्द्रित रहेको छ।
संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वमा रहेको भ्रमण दललाई संघका अध्यक्ष दामु अधिकारीले मंगलवार बिदाइ गरे। उनले भ्रमण दलको सुखद यात्राको कामना गर्दै अष्ट्रेलियाले गरेको आर्थिक उन्नतिको अवलोकन, नयाँ प्रविधिको जानकारी तथा गैरआवासीय नेपाली तथा अष्ट्रेलियाका व्यवसायीलाई नेपालमा लगानीको आह्वानमा भ्रमणले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
भ्रमण दलका नेता तथा संघका वरिष्ठ उपाधयक्ष नारायण कोइरालाले भ्रमण नयाँ कुरा सिक्ने र पोखरामा लगानी भित्र्याउने एवं पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने बताए। भ्रमण दलमा संघका वरिष्ठ उपाध्यक्ष कोइरालासहित संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, सदस्यहरु दिनेशचन्द्र बास्तोला, सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा भण्डारी, हर्कबहादुर अधिकारी, चिन्तामणि बास्तोला र देवेन्द्र केसीको सहभागिता रहेको छ।
संघका महासचिव अर्जुन पोखरेलका अनुसार भ्रमण दलले अष्ट्रेलियाको सिड्नी, ब्रिस्बन मेलवर्नको भ्रमणको क्रममा त्यहाँ रहेका गैरआवसाीय नेपालीहरुसँग अन्तरिक्रिया, त्यहाँको औद्योगिक क्षेत्रको अध्ययन अवलोकन भ्रमण, गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष तथा नेपाल पर्यटन वर्ष २०२० को प्रचार, त्यहाँ रहेका नेपाली विद्यार्थीसँग अन्तरक्रिया तथा निजी क्षेत्रसँग सहकार्यको आह्वान गर्ने कार्यक्रम रहेको छ।
उनका अनुसार ब्रिस्जनका खाद्यसामग्री प्रशोधन प्रविधि तथा सेवा उद्योगको अवलोकन, मेलवर्नमा पेय पदार्थ उद्योगको अवलोकन एवं सिड्नीमा कृषि बजारको अवलोकनको कार्यक्रम तय गरिएको छ।
यसका साथै गैरआवासीय नेपाली संघ अष्ट्रेलियासँग अन्तक्र्रिया, विभिन्न पर्यटकीय स्थलको अवलोकन भ्रमण गरिने उनले जनाए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१