यात्रु भाडा चर्को भएकोमा विद्यार्थी आक्रोशित

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
gyapan_Fotor

पोखरामा गुड्ने सार्वजनिक यातायातमा यात्रुसँग मनलाग्दी भाडा असुलेको भन्दै विद्यार्थीले नियन्त्रणको माग गरेका छन्।

नेकपानिकट अनेरास्ववियु कास्कीका नेता शेखर गौतमको नेतृत्वमा गएको विद्यार्थी टोलीले सोमवार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

लामो तथा छोटो दुरीका सवारीसाधननमा यसअघि प्रदान गर्दै आएको ज्येष्ट नागरिक, अपांगता भएका, विद्यार्थी र जनआन्दोलनका घाइते लगायतलाई दिइएको छुट कायम राख्न माग गरिएको छ।

साथै, पोखरामा चल्ने माइक्रो र ट्याक्सीले यात्रु ठग्ने गरेको भन्दै विद्यार्थीले लामो समयसम्म यातायात क्षेत्रमा अनुगमन नगरिएकोमा टिप्पणी गरे।

यात्रुसंग १० किलोमिटरको दुरीमा ४० रुपैयाँसम्म भाडा असुल गरिएको, पोखरादेखि काठमाडौंसम्मको भाडादर ४ सय २८ रुपैयाँ रहेकोमा डिलक्स र सुपरडिलक्स बसले त्यसको २० प्रतिशतसम्म थप लिन पाउनेमा यात्रुसँग २ हजार २ सयसम्म असुल गरिएको भन्दै कारबाही माग गरिएको छ।

लामो दुरीको यातायातका साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्नेमा सो नपाइएकोले त्यस्ता सवारीसाधनको रुट परमिट खारेज गर्न माग गरिएको छ।

सो अवसरमा मन्त्री रामशरण बस्नेतले यातायात क्षेत्रमा धेरै नै समस्या रहेको स्वीकार गरे। ट्याक्सीमा मिटर चलाउनेदेखि धेरै समस्याबारे व्यवसायीसँग बस्दा निकास ननिस्केकाले नयाँ ढंगले समाधान उपाय खोजी गरिँदैगरेको बताए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width