पोखरा, २० साउन । बागलुङ जिल्ला तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।
लगातार परेको बर्षाले आइतवार राति गएको पहिरोमा परी ४५ वर्षीया सन्तकुमारी श्रीपालीको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । बागलुङ जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरक्षिक झविन्द्र भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा सोही स्थान निवासी ७० वर्षीया अन्सारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपाली छन् । बेपत्ताको खोजिकार्य भइरहेको जानकारी डिएस्पी भट्टराईले दिए ।
पहिरोमा परी अन्य ६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय स्पतालमा लगिएको छ भने घाइते मध्ये एक जनाको ढाडमा गम्भीर चोट लागेको जानकरी डिएस्पी भट्टराईले दिए । गाउँभन्दा एक सय मीटर माथिबाट खसेको पहिरोले ६ घर पुरेको थियो । ती घरका अन्य परिवार सदस्यले भागेर ज्यान जोगाएका थिए । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१