‘डाक्टर सिके राउत दि प्यासन’

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७६
CK Raut

पोखरा । डा. सिके राउतको जीवनीमा ‘डाक्टर सिके राउत दि प्यासन’ नामको चलचित्र बन्ने भएको छ ।

चलचित्रमा ५० प्रतिशत राउतको जीवनमा आधारित कथा र ५० प्रतिशत फिल्मी कथामा चलचित्र बन्ने निर्माण टोलिले जनाएको छ ।

विजेता गिरीको प्रस्तुति, राधिका इन्टरनेशनल मुभिजले निर्माण गर्ने चलचित्रलाई आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी गरिएको काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

कार्यक्रममा डा. राउतले भने, ‘डेढ महिनाअघि मलाई चलचित्रको टिमले भेट्न खोज्दा मलाई विश्वास लागेको थिएन । तर, चलचित्रको निर्माणप्रति टिमको जोश देखेपछि म पनि सकारात्मक भएको हुँ ।’

बाबुको लगानीमा बन्ने चलचित्रलाई सन्तोष शाहले निर्देशन गर्दैछन् । भोजपुरी चलचित्रका सफल कलाकार परदेशी शाहले सिके राउतको भूमिका निभाउनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width