लमजुङ, ३ साउन । लमजुङको बेसीसहर नगरपालिकालाई पूर्ण खोप सुनिश्चतता घोषणा गरिएको छ ।
बेसीसहर नगरपालिको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बेसीसहरलाई पूर्ण खोप सुनिश्चतता घोषणा गर्नु भएको हो । कार्यक्रममा पूर्ण खोपलाई निरन्तरता दिलाई दिगोपनका लागि हस्ताक्षरगरी सामुहिक प्रतिबद्धता व्यक्त गरिएको छ ।
सो अवसरमा नगरपालिकाका मेयर अर्यालले प्रतिबद्धतासहित पूर्ण खोप सुनिश्चता घोषण गरे । उनले रोगको प्रकोप फैलिन नदिन र वालवालिकालाई भविष्यमा हुुनु सक्ने रोगका संक्रमण रोक्नका लागि खोप पूर्ण भए नभएको सुनिश्चतता गर्न जरुरी छ भने । उनले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका सदैव संवेदनशील रहेको वताए ।
कार्यक्रममा बेसीसहर नगरपालिका– ५ की दुधकासी गुरुङ र वडा नं ६ की नन्दकुमारी राउतलाई महिला स्वास्थ्य स्वंयसेविका भई सफलतापूर्वक २ दशक सेवा गरेवापत कदर पत्र र जनही नगद २०÷२० हजार रुपैयाँ प्रदानगरी मेयर अर्यालले सम्मान गरेका थिए । स्वंयसेविका गुरुङले २१ वर्ष र राउतले २८ वर्षसम्म महिला स्वंयसेविकाको रूपमाल काम गरेका कारण तोकिएको मापदण्डका आधारमा सम्मान गरिएको बेसीसहर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा उपप्रमुख लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मोहन मरासीनी, वडा नं २ का वडा अध्यक्ष गणेश कँडेललगायतले स्थास्थ्य संवेदनशील बिषय भएकोले बेलैमा सचेतना अपनाउँदै नवजात शिशुहरूलाई खोपको मात्र पुरा गर्न सकेमा वाल मृत्यदर न्यूनीकरणका साथै सर्ने तथा नसर्ने रोग लाग्नबाट समेत वचाउन सकिने वताए ।
नगरपालिका स्वास्थ्य संयोजक परमेश्वर पियाले गत साउन र चैत्र महिनामा गरेको घरघुरी सर्वेक्षणबाट वालवालिकाले पूर्ण खोप प्राप्त गरेकोले बेसीसहरलाई पूर्ण खोप सुनिश्चता घोषणा गरिएको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१