बागलुङमा ट्राफिक सचेतना

आदर्श समाज सम्वाददाता
असार २५, २०७६
maxresdefault

बागलुङ, २५ असार । कालीगण्डकी ड्राइभिङ स्कुल बागलुङले आफ्नो संस्था स्थापना भएको दुई बर्ष पुरागरी तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार, मोटरसाइकल र स्कूटर सिक्ने सिकारु तथा नयाँ सिक्न चाहने युवालाई लक्षित गरी ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले ट्राफिक नियमको पालना गर्न सकेमा अहिले भइरहेको दुर्घटनामा निकै कमी आउने बताए ।ट्राफिक नियम सवारीसाधन चलाउने पैदल यात्रा गर्ने सबैले पालना गर्नुपर्ने त्यसको लागि जनचेतना जरुरी रहेको रानाभाटले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको सहयोगमा भएको ट्राफिक नियम तथा अनुशासन सम्बन्धी प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी जिल्ला ट्राफिक प्रहरी कार्यालयका बाबुराम नेपाली भोजेन्द्र थापा लगायतका बक्ताले ट्राफिक नियमको पालना सबैले गर्न सकेको खण्डमा मात्रै दुर्घटना न्यूनीकरण हुने सक्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width