पोखरा । मित्र राष्ट्र न्यूजिल्याण्डमा आयोजना हुने विलिङ्टन अर्वान अल्ट्रा म्याराथनमा सहभागी हुन जाने नेपाली टोलीलाई आइतबार विदाई गरिएको छ ।
जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख शिव सुन्दरराज बैद्यले एक कार्यक्रमबीच टोलीलाई बिदाई गरेका हुन् ।
असारको २८ र २९ गते हुने उक्त म्याराथनमा सहभागी हुन जाने पाँच सदस्यीय टोलीमा ब्यवस्थापक तथा प्रशिक्षक भैरव शाही, खेलाडीहरुमा मनिष जोशी, दिपेन्द्रकुमार गोइत, जयराम खड्का, र गोविन्द श्रेष्ठ छन् ।
टोलीलाई बिदाई गर्दै जिल्ला समन्वय समितिका प्रमुख बैद्यले टोलीलाई अन्तर्र्राष्ट्रिय क्षेत्रमा खेलमार्फत राष्ट्रको नाम उच्च राख्न सफलताको शुभकामना दिए । यस्तै, नेपाल एक्योच्योर भेट्रान्स एथ्लेट कमिटीका अध्यक्ष जीएन शर्माले बिश्वमा राष्ट्रको नाम उच्च राख्ने खेल क्षेत्र मात्र भएको बताउँदै विगतमा झै भेट्रान खेलाडीहरुले पदक हात पार्ने विश्वास व्यक्त गरे ।
नेपाली भेट्रान्स टोलीले विगतमा सफलताको शिखर चुमिसकेका छन् । जापानमा भएको एशियाली भेट्रान म्यारथनमा धर्मराज महर्जनले १० हजार मिटरमा कास्य पदक प्राप्त गरेका थिए ।
यस्तै, ताइवानमा भएको एशियन च्याम्पियनसीपको ४५ बर्ष उमेर समूहमा १० हजार मिटर दौडमा धर्मराजले कास्य जितेका थिए । भारतको बेङलोरमा भएको एशियन प्रतियोगितामा कुर्सिद अहमद खानले ज्याभ्लिन थ्रोमा कास्य र रामकृष्ण महर्जनले रोड रेसमा स्वर्ण हात पारेका छन् ।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१