आइसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् ।
समूह चरणको खेल सकिएसँगै आइतबार र सोमबार कुनैपनि खेल हुने छैन । क्रिकेट अन्तर्गत समूह चरणमा सहभागी टोली सबैले समान ९ वटा खेल खेलेका छन् ।
क्रिकेटमा भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार भएको श्रीलंकासँगको अन्तिम जितसँगै ९ खेलमा ७ जितेर १५ अंकका साथ भारत शीर्ष स्थानमा उक्लिएको हो । अस्ट्रेलिया दोस्रो, घरेलु टोली इङल्याण्ड तेस्रो र भाग्यमानी बन्दै न्यूजिल्याण्ड चौथो भएर सेमिफाइनलमा पुगेका छन् । पाकिस्तानसँग समान ११÷११ अंक हुँदा रन रेटमा अघि रहँदै भाग्यमानी न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेको हो ।
आइसीसी विश्वकपको नियमअनुसार प्रतियोगिताको शीर्ष स्थानमा रहेको भारतले सेमिफाइनल पुग्ने चौथो टिम न्यूजिल्याण्डसँग फाइनलका लागि मंगलबार पहिलो सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इङ्ल्याण्ड आमने–सामने हुनेछन् ।
जारी विश्वकपको समूह चरणमा भारत र न्यूजिल्याण्डको खेल वर्षाले प्रभावित भएपछि रद्द भएको थियो । जसले गर्दा भारत र न्यूजिल्याण्ड यो विश्वकपमा पहिलो पटक खेल्दैछन् । यस्तै, विश्वकपको इतिहासमा भारत र न्यूजिल्याण्डले सेमिफाइनलमा खेल्न लागेको पनि पहिलो पटक हो ।
शनिबार रातिको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दा दक्षिण अफ्रिकासँग अस्ट्रेलिया पराजित भएपछि भारत शीर्ष स्थानमा उक्लिएको थियो । भारतले समूह चरणमा १ खेलमा मात्रै पराजय भोगेको छ । अस्ट्रेलियाले २ खेलमा पराजय बेहोरोको थियो ।
विश्वकपको उपाधि २ पटक उचालिसकेको भारतको यो सातौं सेमिफाइनल यात्रा हो । अहिलेसम्म खेलेका ६ सेमिफाइनलमा उसले ३ मा जित र ३ सेमीफाइनलमा हारेको थियो । तीन फाइनल खेलेको भारतले १९८३ र २०११ मा आइसीसी विश्वकपको च्याम्पियन बनेको थियो । २००३ को फाइनलमा भारत पराजित भएको थियो ।
न्यूजिल्याण्डले ८ पटक सेमिफाइनलमा स्थान बनाएको छ । तर, उसले फाइनलयात्रा भने एक पटक मात्रै गरेको छ । २०१५ को विश्वकपमा फाइनल पुगेपनि अस्ट्रेलियासँग पराजित हुँदै न्यूजिल्यान्ड उपविजेतामै समेटिएको थियो ।
यस्तै, ११ तारिखमा हुने सेमिफाइनलमा भिड्ने टिम अस्ट्रेलिया र इङ्ल्याण्डले ४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । १९७५ को विश्वकपको सेमिफाइनलमा यी दुई टिम भिड्दा अस्ट्रेलिया ४ विकेटले विजयी बनेको थियो ।
अस्ट्रेलियाको यो आठौं सेमिफाइनल हो । उसले यसअघि भएका सातवटै सेमिफाइनल जितेर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको थियो ।
यस्तै, इङ्ल्याण्ड भने ६ पटक सेमिफाइनल पुग्दैछ । उसले खेलेका पछिल्ला ५ सेमिफाइनलमा ३ मा जित र २ मा हार हात लागेको छ । इङल्याण्ड १९९२ को विश्वकपपछि पहिलो पटक अन्तिम चारमा पुगेको हो । क्रिकेटको उत्पत्ति इङल्याण्डबाटै भएपनि उसले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न पाएको छैन् । ३ पटक फाइनल खेल्दापनि इङ्ल्याण्डले उपविजेतामै चित्त बुझाउँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
hero news full width
मुख्य समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१