पाल्पाली समाज पोखराले उच्च अदालत पोखराका मुख्य न्यायाधीश, गण्डकी प्रदेशका प्रमुख सचिव लगायतलाई स्वागत सम्मान गरेको छ।
समाजले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रममा मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल, प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहर खनाल, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्याल, सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता प्रेमप्रसाद पौडेल, सडक डिभिजन कार्यालय, पोखरामा कार्यरत इञ्जिनियर राजु नेपाल, पाल्पा भैरव ग्रुपका अध्यक्ष एवं लुम्बिनी मेडिकल कलेजका अधयक्ष गोपाल पोखरेललाई सामूहिक स्वागत तथा सम्मान गरेको हो।
पाल्पामा जन्मी पेसा व्यवसायको सिलसिलामा पोखरामा कार्यरत उनीहरुलाई समाजका अध्यक्ष, सल्लाहकार, पूर्व अध्यक्ष लगायतले पाल्पाली ढाकाटोपी र माला लगाई स्वागत गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले पाल्पालीको ख्याती संसारभर फैलिएको बताए। उनले यसप्रकारका कार्यक्रमले आपसी भाइचारा, सम्बन्ध विकास हुने बताए। उनले पछिल्लो समय नेपाली समाजमा सम्बन्ध बिच्छेदका मुद्दा धेरै हुनुमा वैदेशिक रोजगारी मूल कारण रहेको पनि जानकारी दिए।
प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले कर्मथलो र जन्मथलोको नाता जहाँ रहे पनि अटुट रहने बताए। उनले पाल्पालीको इमान्दारिता र चरित्रवान् विशेष गुण निहित रहेको उल्लेख गर्दै पाल्पालीहरु पोखरामा सम्मानित जीवन बाँचेको आफूले पाएको बताए। आफू कार्यरत रहँदा केन्द्रीय र स्थानीय सरकारसँग मिलेर काम गर्ने उल्लेख गर्दै समाजको हितमा कानूनसम्मत सक्दो सहयोग गर्ने बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहर खनालले पाल्पालीको आत्मियता नै विशेषता हो भने। प्रदेश मन्त्रालयमा सरुवा हुनु अघि पाल्पामा प्रमुख जिल्ला अधिकारी रहेका खनालले आफ्नो मन्त्रालयको गृह, कानून, संचार तथा सूचनासँग सम्बन्धित क्षेत्राधिकार रहेको बताए।
कार्यक्रममा प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्याल, सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता प्रेमप्रसाद पौडेल, सडक डिभिजन कार्यालय, पोखरामा कार्यरत इञ्जिनियर राजु नेपाल, पाल्पा भैरव ग्रुपका अध्यक्ष एवं लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल लगायतले पाल्पाली समाजको मीठो आतिथ्यप्रति खुसी प्रकट गरे।
सो कार्यक्रमबीच समाजले संचालन गरेको ‘पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ विविधत दर्ता भएको घोषणा गरिएको थियो। कुल ३ सय ७ सदस्य रहेको सहकारी गत असार १३ मा पोखरा महानगरपालिका सहकारी महाशाखामा दर्ता गरिएको समाजका पूर्व अध्यक्ष सल्लाहकार एवं पाल्पाली कल्याणकारी कोषका संयोजक चिरञ्जीवी श्रेष्ठले जानकारी दिए।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले समाजले पहिलो वर्षका लागि घोषणा गरेका २१ कार्यक्रम सबैको सहयोगमा सम्पन्न भएको जानकारी गराए। अब छिट्टै पाल्पा चिनाउने डिजिटल बोर्ड राख्ने तयारी गरिएको बताए।
अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार जगदीश गौतम, बालरोग विशेषज्ञ डा. हुमप्रसाद न्यौपाने, सल्लाहकार जनपुकार मुनकर्मी लगायत बोलेका थिए।
कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेशम रजक र संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए। कार्यक्रममा गायक नवीन पौडेलले गायन प्रस्तुति राखेका थिए भने समाजका विविध कार्यक्रममा सहयोग पुर्याउनेलाई मायाको चिनो प्रदान गरिएको थियो।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१