चितवन, ११ असार । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह छन । भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनका साथबाट ६ थान मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नेपाली तथा भारतीय नागरिकसमेतलाई आबद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएका शाह विगतमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको दाबी प्रहरीको छ ।
पक्राउ परेका शाहलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा १२५ को उपदफा ४ बमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । कसुरमा बरामद बिगो जफत गरी एक वर्ष कैद र रु दश हजारसम्मको जरिवाना हुने कानूनी व्यवस्था छ । शाह खाद्यान्न व्यापारी हुन् ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१