ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ। गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ। पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न रु ७० लाख बजेट छुट्याइएको छ।
पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य छ’, उनले भने ‘यो वर्ष पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिन्छौँ। ’
सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवास (होमस्टे) सञ्चालनलगायत पूर्वाधार तयारीका काम अघि बढाइनेछ। पर्यटनका लागि चाहिने न्यूनतम पूर्वाधार र सेवासुविधाका लागि बजेटमार्फत काम हुने अध्यक्ष घर्तीले बताए । प्राकृतिक सौन्दर्य, कला, संस्कृति र रहनसहनका कारण ताराखोलामा पर्यटक लोभिनेछन्। स्थानीय उत्पादनमा पनि ताराखोला अघि छ।
यहाँको मुख्य बाली आलु र भाँगो हो। गाईघाटको झरना, डुडेलेकलगायतका दर्जनौँ पर्यटकीय गन्तव्य यहीँ पर्छन्। ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने, असारे मेला जस्ता मौलिक संस्कृतिले पनि ताराखोला धनी छ।
पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिरका लागि ताराखोला उचित गन्तव्य मानिन्छ। पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ। व्यवस्थित सडक, पर्यटनमैत्री पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ।
नीति, कार्यक्रममै भ्रमण वर्ष घोषणा हुनले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको पर्यटन विकास समिति बागलुङका उपाध्यक्ष राज थापाले बताउनुभयो। ‘ताराखोला पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र हो’, उनले भने ‘भ्रमण वर्षले जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ। ’
गाउँपालिकाकै पहलमा वडा नं २ अर्गल र ५ को सीपमा घरवास (होमस्टे) सञ्चालनको तयारी छ। घरवासमा पूर्वाधार तयारीको काम भइरहेको जनाइएको छ। चालू आवमा घरवास कार्यक्रमका लागि गाउँपालिकाले रु दश लाख बजेट छुट्याएको थियो।
पर्यटनसँगै पूर्वाधार विकास, कृषि, शिक्षा, खानेपानी, खेलकूदलगायत बजेटको प्राथमिकतामा छन्। आउँदो वर्षभित्र ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने योजना छ। गाउँपालिकाले आगामी वर्षका लागि रु २५ करोड ३५ लाख ३१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। ससर्त अनुदानसहित चालूतर्फ रु १३ करोड ७० लाख, पूँजीगततर्फ रु नौ करोड ७२ लाख ३१ हजार र चालू प्रशासनिकतर्फ रु चार करोड ८५ लाख ७० हजार छ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१