पोखरा, ७ असार । पोखरा–११ फूलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विश्वदीप तिमिल्सेनाले हाकेको कारले ठक्कर दिँदा पोखरा–२८ निवासी साढे तीन बर्षीय वालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं प्रवक्ता गणेश सुवेदीका अनुसार मणिपाल अस्पतालको मोटरसाइकल पार्किङ क्षेत्र नजिकै शनिवार विहान ८.३० चिकित्सक तिमिल्सेनाले हाकेको ग.३ च.४३६ नं को कारले ठक्कर दिँदा पोखरा–२८ माझठाना निवासी साढे तीन बर्षीय वालक संस्कार कँडेलको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका वालकको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा शनिवार विहान १०ं.०० वजे मृत्यु भएको हो ।
कार चालक चिकित्सक विश्वदीप तिमिल्सेना र कार प्रहरी नियन्त्रणमा रहकेो कास्की प्रहरीले जानकरी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक बालकका वावु अस्पताल परिसरको पाकिङ स्थलबाट स्कूटर झिक्ने क्रममा सडक वारिपट्टी रहेकी आमासँग वालक जाने क्रममा कारले ठक्कर दिएको खुलेको छ ।
ती वालक आफ्ना आमावुवासँग अस्पतालमा उपचाररत हजुरआमालाई भेटन पुगेका थिए । वालकका आफन्तले चिकित्सकको लापरवाहीले वाललको मृत्यु भएको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले चिकित्सकलाई हदैसम्मको कारवाहीको माग समेत गरेका छन् ।
घटनाकै विषयलाई लिएर अस्पताल परिसरमा केही समय मृतकका आफन्त र प्रहरीवप्ीच तनावको स्थिति समेत सृजना हुनुको साथै वालकका आफन्तले शव वुझ्न समेत मानेका छैनन ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१