अन्तर्राष्ट्रिय करातेमा ४ नेपाली खेलाडीको सहभागिता

आदर्श समाज संवाददाता
जेठ ३०, २०७६
KARATE Team Bidai

पोखरा । सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा ४ नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

उक्त ४ सदस्यीय नेपाली कराते टोली बुधबार नै चेक रिपब्लिक प्रस्थान गरेको छ ।

जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै क्यानाडा जाने छन् । उक्त प्रतियोगिता जुन २१ देखि २३ तारिखसम्म हुनेछ । क्यानाडाको प्रतियोगितामा सोनाम लामाले पनि प्रतिस्पर्धा गर्नेछन् । सोनाम नेपालबाट जुन १८ मा क्यानाडा जाँदैछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बुधबारै एक कार्यक्रमबीच बिदाई गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै