पोखरा, २९ जेठ । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १४ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नु पर्ने बताए ।
जनप्रिय बहुमुखी क्याम्पस प्रशासनद्वारा आयोजित स्मृति दिवसमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर कुँबरले एक दशकभन्दा बढि समय उनको स्मृति दिवस मनाउँदा केबल शालिक बनाउने भनियो तर काम पूरा भएन अर्को स्मृति दिवस मनाउँदा हामी तस्विरमा होइन शालिकमा माल्यर्पण गर्ने छौ । कुँबरले भने उनी शैक्षिक क्षेत्रका ‘पायोनियर’ हुन लामो समयसम्म संझनालायक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
क्याम्पसका सल्लाहकार तथा पूर्व अध्यक्ष परशुराम बरालले समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । क्याम्पस चलाउन पालिखेसँग सहकार्य गर्दा उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टी गरेका थिए ।
क्याम्पस प्रमुख तथा सदस्य सचिव बिरञ्जी गौतमले कुशल प्रशासक पालिखेलाई संझदै द्वन्द्वकालीन समयको उनको भनाइ उदृत गरे ‘मलाई छातीमा गोली हान, जलाऊ तर समुदायको क्याम्पस हो आगो नलगाऊ । ’ भन्ने हिम्मत गर्ने संस्थापक क्याम्पस प्रमुख शैक्षिक सहिद भएको जनाए । शैक्षिक संस्थालाई समृद्ध बनाउन स्वअनुशासन आवश्यक रहेकोमा जोड दिए ।
डा. बीरबहादुर कार्कीले स्व. पालिखेको जीवनीमाथि प्रकाश पार्दै क्याम्पसको हितका लागि आफूलाई बलिदान गर्न सक्ने पालिखे सरले कठीन परिस्थितिमा तलब खुवाउने रकम नहुँदा पोखराको महेन्द्रपुल बजारमा विङ्गो खेल खेलाएर रकम जम्मा गरी तलब खुवाएको स्मरण गरे । कार्कीले थपे क्याम्पसको भौतिक र शैक्षिक उन्नतिका निम्ति सार्वजनिक जग्गालाई क्याम्पसको हितमा प्रयोग गर्न सक्ने दुष्साहस कमैमा हुन्छ यो उनमा थियो भने ।
पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति नारायणप्रसाद पौडेल, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष नेत्रप्रसाद सुवेदी, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष सन्तोष अधिकारी, प्रजातान्त्रितक प्राध्यापक संघ जनप्रिय इकाइका सचिव गणेश चालिसे, कर्मचारी संघकी अध्यक्ष राधादेवी बाँस्तोला, स्वतन्त्र विद्यार्थी युनियनका सभापति आशिक गुरुङ, अनेरास्ववियुका सचिव गोविन्द महत, नेवि संघका सचिव हिक्मतजङ कार्की लगायतका वक्ताले संस्थापक क्याम्पस प्रमुख पालिखेकै कारण आज क्याम्पस विश्वविद्यालय अनुदान आयोगको दोस्रो पटक छनौटमा परेको र देशभरिका सामुदायिक क्याम्पसहरूमध्ये दुई पटक उत्कृष्ट घोषित भई राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको चर्चा गरेका थिए ।
२०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम कम पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिए पछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमकोे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलले स्वागत मन्तव्य राखेका थिए भने अर्का सहायक क्याम्पस प्रमुख कृष्णबाबु बरालले कार्यक्रम सञ्चालन गरेको जानकारी सहायक प्रशासक महादेव पालिखेले दिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१