कास्की जिल्ला फेन्सिङ संघमा शाही

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७६

पोखरा, २९ जेठ । कास्की जिल्ला फेन्सिङ संघको मंगलबार सम्पन्न दोश्रो साधारण सभा तथा अधिवेशनले विजय शाहीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

संघको उपाध्यक्षमा छवि गुरुङ, सचिवमा संदीप बराल, कोषाध्यक्षमा विसान कार्की र सदस्यहरुमा नवीन सुवेदी, सशीविक्रम पालिखे र विष्णुमाया गुरुङ सर्व सम्मत चयन भएका छन् ।
नेपाल फेन्सिङ संघकी केन्द्रीय सदस्य रेखमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विजय शाहीले फेन्सिङ खेलको सम्भावना प्रचुर भएता पनि प्रचारप्रसार र विगतमा संघले गरिलिन नसक्दा ओझेलमा परेको वताउँदै आफुले संघलाई गतिशिलता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी संघको बुधबार वसेको कार्यसमितिको पहिलो बैठकले संघको सल्लाहकारमा मधुसुदन सुवेदी, भिमसेन थापा, कृष्ण रानाभाट, विनोद नेपाली र कानुनी सल्लाहकारमा दामोदर अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको सचिव संदीप बरालले वताए ।

त्यस्तै अगामी असार ६ गते कामाण्डौमा हुन गई रहेको फेन्सिङ संघ नेपालको केन्दी्रय अधिवेशनमा मताधिकार सहितको अधिकार प्रदान गर्दै संघका नवनिर्वाचित अध्यक्ष विजय शाहीलाई प्रतिनिधि पठाउने निर्णय गरिएको पनि सचिव वरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै