मणिपाल–काहूँ उपभोक्ता समितिको साधारणसभा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
fulbari_Fotor

फूलबारी मणिपाल–काहूँ धरहरा सडक उपभोक्ता समिति पोखरा–११ को १० औं साधारण सभा शनिबार सम्पन्न भएको छ।

प्रमुख अतिथि वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले मुख्य बाटो सबै पिच भएको हुँदा यसको संरक्षणमा आम समुदायहरुको मुख्य जिम्मेवारी हुनुपर्ने औल्याए। उनले पिच गर्न बाँकी कच्ची शाखा बाटो पनि क्रमशः पक्की हुँदै जाने प्रतिबद्धता व्यक्त गरे।

समिति अध्यक्ष सु इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा साविक काँहु गाविस निवर्तमान अध्यक्ष चित्रप्रसाद लामिछाने, नेकपा वडा ११का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा सदस्य मीनबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए।

बाटो निर्माणक्रममा महत्वपूर्ण योगदान दिएवापत् बोधराज घिमिरे, चित्रप्रसाद लामिछाने, सूर्यप्रसाद आचार्य, पूर्णबहादुर बिक र कुमार क्षत्रीलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा कोषाध्यक्ष खड्गबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

स्वागत मन्तव्य उपाध्यक्ष बद्रीनाथ घिमिरे र सञ्चालन सचिव गंगा आचार्यले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै